जनकपुरधाम भन्सारबाट रु ३४ करोड २८ लाख राजस्व सङ्कलन

जनकपुरधाम : जनकपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्म रु ३४ करोड २८ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आवमा रु ५७ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखिएको थियो । चालु आवको वार्षिक लक्ष्यको तुलनामा हालसम्म ६० दशमलव सात प्रतिशत मात्र राजस्व सङ्कलन भएको कार्यालयका भन्सार अधिकृत एवं सूचना अधिकारी रविन्सलाल दासले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवको सोही अवधिको तुलनामा रु ५१ करोड ७४ लाख ९१ हजार राजस्व सङ्कलन गरिएको थियो ।

चालु आर्थिक वर्षको वैशाखसम्म कार्यालयको मुख्य भन्सार नाका जटहीबाट रु २८ करोड ६२ लाख ५९ हजार, भडरिया छोटी भन्सार नाकाबाट रु १८ लाख ३६ हजार, इनरुवा छोटी भन्सार नाकाबाट २२ लाख ९५ हजार र बाँकी जनकपुर भन्सार कार्यालयबाट राजस्व सङ्कलन भएको दासले जानकारी दिनुभयो । कार्याललयले चालु आवको चैत मसान्तसम्ममा लिलामीसम्बन्धी परेका मुद्दामध्ये दुई सय ९८ वटाको फैसला गरेको उहाँले बताउनुभयो । पाँचसय ६५ लिलामीका मुद्दा परेकामध्ये दुई सय ९८ वटाको छिनोफानो गरी रु एक करोड ५६ लाख २० हजार राजस्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।

लिलामीसम्बन्धी मुद्दाको प्रतिवेदन मूल्य रु नौ करोड १५ लाख ५६ हजार रहेको थियो । सो अवधिमा विभिन्न समयमा चोरी तस्करीका लिलामीसम्बन्धी जनकपुरधाम भन्सार कायालयको ११ मुद्दामध्ये नौ वटाको फैसला भएको छ । सशस्त्र प्रहरीको चार सय १७ मध्ये दुई सय एक मुद्दाको फैसला भएको छभने नेपाल प्रहरीको एक सय ३७ लिलामीका मुद्दामध्ये ८८ वटाको छिनोफानो भएको सो कार्यालयबाट प्राप्त विवरणमा जनाइएको छ । जटही नाकाबाट अर्धतयारी कपडा, हार्डवेयरसम्बन्धी, टायल्स, कोइला, कृषि उपज, कृषिका लागि विषादी, खाद्यान्न, तरकारी, फलफूल, खेलकुद सामग्री, स्टेसनरी, तथा विभिन्न उद्योगका कञ्चापदार्थ, घरायसीलगायत अन्य दैनिक सामग्री आयात भएको कार्यालयका भन्सार अधिकृत दासले जानकारी दिनुभयो ।

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगप्रति जनविश्वास प्रबल रहेको बताउनुभएको छ । आयोगको हीरक जयन्तीका अवसरमा आज यहाँ आयोजित

Read More »

अर्घाखाँचीमा श्रीमतीद्वारा  श्रीमानको हत्या

टवल । असार १ अर्घाखाँचीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर–३, शिखरकी २७ वर्षीय मेखमाया कुमालले  श्रीमान् ३८ वर्षीय

Read More »

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

काठमाडौँ, १ असार । सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग बेग्लाबेग्लै

Read More »

सुनको मूल्य निरन्तर बढ्दो

काठमाडौँ, १ असार । गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा रु ४००

Read More »

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

म्याग्दी, १ असार । सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन सेवा विस्तार गरेको छ । टेलिकमले धवलागिरि

Read More »

अमेरिकामा महिला सांसद र उनका श्रीमानको गोली हानी हत्या

अमेरिका, १ असार । मिनेसोटाका डेमोक्रेटिक सांसदलाई उनको घरमा गोली हानी हत्या गरिएको छ । शनिबार डेमोक्रेटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कको

Read More »