नेपाली युवाका लागि रोजगारीको नयाँ ढोका: ललितपुरमा EV स्वरोजगार योजना प्रारम्भ, पहिलो चरणमा ‘फ्री अफर’ सहित वितरण

ललितपुर । नेपालमै पहिलो पटक सुरु गरिएको ऐतिहासिक स्वरोजगार योजनाअन्तर्गत आज ललितपुरको भैसेपाटीमा राइडरहरूलाई इलेक्ट्रिक स्कुटर (EV) वितरण गरिएको छ। ‘तपाईको बजार’, ‘इ-ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को संयुक्त सहकार्यमा अघि बढाइएको योजनाको पहिलो चरणमा राइडरहरूलाई विशेष ‘फ्री अफर’ पनि प्रदान गरिएको छ।
उद्घाटन समारोहमा अवकाश प्राप्त मेजर जेनेरल सुरेश कुमार कार्की, अवकाश प्राप्त एआइजी जनक भट्टराई, इ-ड्राइभ नेपालका अध्यक्ष राजेश मास्के र Yango नेपालका प्रमुख सन्तोष पाण्डेले संयुक्त रूपमा रिबन काटेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
आज आयोजित कार्यक्रममा सहभागी राइडरहरूलाई आजको दिन भाडा नलाग्ने विशेष फ्री अफर दिइएको हो। उनीहरूले EV स्कुटर प्राप्त गर्दै सुरुवातमै खर्च बिना काम गर्न पाउने अवसर पाएका छन्, जसले उनीहरूमा हौसला थपेको देखिएको छ।
इ-ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले भन्नुभयो : “आज हामीले पहिलो चरणमा इच्छुक र योग्य राइडरहरूलाई EV स्कुटर वितरण गरिसकेका छौं। उनीहरूलाई सुरुवातको लागि फ्री अफर प्रदान गरिएको छ, जसले उनीहरूलाई रोजगारी सुरु गर्न सहज बनाउनेछ।”
ई-ड्राइभ नेपाल कामुख्य कार्यकारी अधिकृत सबिन भट्टराईले भन्नुभयो : “राइडरले आजबाटै स्कुटर चलाएर आम्दानी सुरु गर्न सक्छन्। फ्री अफरले उनीहरूमा थप ऊर्जा र आत्मविश्वास पैदा गरेको छ।”
‘तपाईको बजार’ का संचालक सुशील सङ्रौलाले भन्नुभयो: “EV वितरणको यो क्षण हाम्रो लागि गौरवको हो। यो केवल साधनको वितरण होइन, यो नेपाली युवाको भविष्यमा गरिएको लगानी हो।”
कार्यक्रममा सहभागी राइडर दिपक थापाले आफ्नो अनुभव सुनाउँदै भने: “मैले पहिले सेकेन्डहेन्ड स्कुटर चलाउँथें, धेरै मर्मत खर्च हुन्थ्यो। अहिले यो योजना मार्फत नयाँ EV स्कुटर पाएँ। आम्दानी पनि बढेको छ, आत्मविश्वास पनि।”
यस योजनाले विदेशी इन्धनको खर्च घटाउने, नेपालमै उत्पादित विद्युतको उपयोग बढाउने, र स्वदेशी प्रविधिको प्रवर्द्धन मार्फत हरित यातायात प्रणालीको विकासतर्फ एक महत्वपूर्ण पाइला चालेको आयोजक संस्थाहरूको विश्वास छ। साथै, यसले नेपाली युवालाई स्वदेशमै आत्मनिर्भर बन्न प्रेरणा दिने लक्ष्य लिएको छ।

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख, २९ माघ।  यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको ‘चाइना जियोलोजिकल

Read More »

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की

सोलुखुम्बु । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने स्पष्ट पारेकी छिन् । आज सोलुखुम्बु पुगेकी प्रधानमन्त्री कार्कीले नाम्चे र सल्लरीमा

Read More »

सत्ता कब्जा गर्नेहरुलाई मात्रै निर्वाचन अनिवार्य चाहिएको छ : दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देश जोगाउने, मुलुक जोगाउने, धर्म जोगाउने र संस्कृति जोगाउने पत्रकारिता देशमा चाहिएको बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले

Read More »

टर्कीको संसद्मा सांसदबीच कुटाकुट

काठमाडौं । टर्कीको संसद्मा सत्तारूढ र विपक्षी दलका सांसदहरूबीच कुटाकुट भएको छ । विवादास्पद व्यक्तिलाई न्याय मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै झगडा र कुटपिट भएको हो

Read More »

त्रिभुवन विमानस्थल आसपासका क्षेत्रमा एक महिनासम्म निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा एक महिनासम्मका निम्ति निषेधाज्ञा जारी गरेको छ । बिहीबार (माघ २९)देखि लागु हुने गरी

Read More »

बँदेल आतंक रोक्न माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर

सुर्खेत । कर्णालीका विभिन्न स्थानमा बँदेलको आक्रमण बढेपछि क्षतिपूर्ति माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको छ । बँदेल आतंक बढेको स्थानलाई विपद् संकट

Read More »