काठमाडौँ ।  काठमाडौँ महानगरपालिका ३२ तीनकुने स्थित गैह्रीगाउँमा गए राति चार जनाको हत्या गरिएको घटनाको अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरको नेतृत्वमा चार सदस्यीय समिति गठन गरिएको हो । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार राठौरको नेतृत्व रहने समितिमा प्रहरी नायव उपरीक्षकहरू हरि खतिवडा, सुवास खड्का, सुरक्षा केसी र  प्रहरी निरीक्षक वीरेन्द्र केसी सदस्य रहनेछन् । घटनाको सम्बन्धमा अनुसन्धानका विविध विधि लगायतको अधिकतम प्रयोग गरी सूक्ष्म तवरले अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न सो समितिलाई कार्यालयले अनुरोध गरेको छ ।

तीनकुने स्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फेला परेको थियो । 

हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल,  कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राई रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *