काठमाडौँ । आउँदो बिहीबारदेखि हुने क्यान इन्फोटेक २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघले यही माघ २५ गते बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने क्यान इन्फोटेक २०२४ गर्न लागेको हो ।
क्यान इन्फोटेक २०२४ को तयारी अन्तिम चरणमा पुगेको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तक्रिया गर्ने उद्देश्यले मेला गर्न लागिएको उउनले बताए ।
माघ २५ गतेदेखि हुने मेला २९औँ संस्करण हो । जसमा क्यान इन्फोटेकको टिकेटिङ पार्टनर ईसेवामार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने व्यवस्था गरेको र यसअन्तर्गत सर्वसाधारणका लागि एक सय र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको बताए। यस्तै सिल्भर स्पोन्सरहरूमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी), इन्सेसेन्ट रेन प्रालि, हिमकमरएनटेक र पीएनवई रहेका छन् ।
प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा प्रालि, इन्टरनेट पार्टनरमा डिश मिडिया प्रालि, इन्स्यारेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स प्रालि, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस प्रालि, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेशन पार्टनमा पाटन कलेज फर प्रोफेशनल स्टडिज (पीसीपीएस कलेज) रहेका छन् ।
प्रदर्शनीलाई सफल रुपमा आयोजना हुन देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसु लगायतका संस्थाले सहयोग गरेका छन् ।
सोही मेलामा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम कान्छी रोबटको बेटा संस्करण सार्वजनिक हुनेछ ।