kites

बुढानीलकण्ठ साहित्यिक, सांस्कृतिक महोत्सव, सामाजिक सञ्जालले पठन संस्कृति कमजोर ः हरिवंश आचार्य

काठमाडौं, १७ फागुन । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाले हालैै दुई दिने ‘बुढानीलकण्ठ साहित्यिक, सांस्कृतिक महोत्सव’ गरेको छ ।

बुनपा १३ स्थित चुनीखेलमा उद्घाटन गरिएको महोत्सवको समापन भने बुनपा–३ स्थित विश्व प्रसिद्ध तीर्थस्थल बुढानीलकण्ठ मन्दिर परिसरमा गरिएको थियो ।

महोत्सवमा नगरपालिकाभित्र रहेका सांस्कृतिक बाजा, राष्ट्रिय कलाकारहरु, कवि, संस्कृतिविद्, विभिन्न विद्यालयका विद्यार्थीहरु, विभिन्न नगरपालिकाका प्रमुखहरुकाबीच सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, नाटक तथा रंगमञ्च लगायत सम्पूर्ण विधा तथा क्षेत्रहरुलाई समेट्दै छलफल, बहस तथा अन्तरक्रियाको कार्यक्रमको आयोजना गरिएको थियो
जनप्रतिनिधिहरुले सांस्कृतिक रुपान्तरणका लागि विभिन्न स्थानीय पोशाक एवं भेषभुषामा सजिएर महोत्सवमा सहभागी हुँदा कलाकार हरिवंश आचार्य झमक घिमिरे, बृद्धि तामाङलगायतले कला र संस्कृतिबारे आफ्नो धारणा राखेका थिए ।


वरिष्ठ कलाकार हरिवंश आचार्यले सामाजिक सञ्जालले पठन संस्कृति कमजोर बनाउँदै लगेको बताए । साहित्यबिनाको समाज परिकल्पना गर्न नसकिने भन्दै उनले आफ्नो भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्नु हरेक जनप्रतिनिधिको दायित्व र कर्तव्य भएको बताए ।

सोही क्रममा डा. भगवान् कोइराला, प्रा.डा. मधु दीक्षित र डा. शंकरमान राईले स्वास्थ्य क्षेत्रको अवस्था, चुनौती, आवश्यकता र असल प्रयत्नबबारे बोलेका थिए ।

देश कसरी बन्छ ? भन्ने सेसनमा बुढानिलकण्ठ नगरपालिकाका व्यवासायीहरु सुरज वैध्य, लाक्पाफुटी शेर्पा र जिवन धिमिरे लगायताले आ–आफ्नो धारणा राखेका थिए ।

शुक्रबारकै सेसनमा नगरपालिकाका वडा अध्यक्षहरुले नगरपालिकालाई आहा बनाउन के के काम भईरहेको छ ? भन्ने बिषयमा आफ्ना भिजन प्रस्तुत गरे ।

जुन सेसनमा वडा अध्यक्षहरु रवि खड्का, सुमित्रा पाण्डे त्रिपाठी, टीका नारायण श्रेष्ठले आहा नगरपालिका बनाउन चाहिने आधारभूत आवश्यकताका विषयमा छलफल गरेका थिए ।


सपनाको सहरअन्र्तगत नगरपालिकामा परिश्रम गरेर आफुलाई चिनाएका सडक व्यवसायी सीता नेपाली, कृषि उद्यमी सानु श्रेष्ठ, माइक्रो चालक सरला लुईटेललाई सम्मान पनि गरिएको थियो । त्यस्तै महोत्सवको पहिलो दिन विभिन्न १५ कविहरुले आफना कविताहरु प्रस्तुत गरेका थिए ।

जग्गा/आवास सम्बन्धी व्यवस्था पुनरवलोनका लागि कार्यदल गठन

काठमाडौँ । सहरी विकास मन्त्रालयले जग्गा आवास विकासमा देखिएका समस्या समाधानका लागि सुझाव दिन कार्यदल गठन गरेको छ । सहरी विकास मन्त्रालयका भवन,आवास तथा योजना महाशाखाका

Read More »

कांग्रेस लुम्बिनीको प्रमुख सचेतकमा ढकाल

बुटवल । नेपाली कांग्रेस लुम्बिनीको संसदीय दलको प्रमुख सचेतकमा जमुना ढकाल नियुक्त भएकी छन् । यसअघि प्रमुख सचेतक रहेका जन्मजय तिमिल्सिनाले दिएको राजीनामा दलका नेता डिल्ली बहादुर

Read More »

३० प्रतिशत तलब बढाउने प्रस्ताव बोइङले लियो फिर्ता

वाशिङटन डीसी । अमेरिकी यात्रुवाहक विमान निर्माता कम्पनी गुगलले आफ्ना कर्मचारीको तलब ३० प्रतिशतले बढाउने प्रस्ताव फिर्ता लिएको छ । कर्मचारी संगठनका प्रतिनिधिहरूसँगको वार्ता अगाडि बढ्न

Read More »

४.८५ अङ्कले बढ्यो बजार, पौने चार अर्बको कारोबार

काठमाडौँ । बुधबार सेयर बजार सामान्य अङ्कले बढेको छ । दसैँ अघिको अन्तिम कारोबार दिन आज बजार परिसूचक ४.८५ अङ्कले बढेर २ हजार ६ सय

Read More »

प्रधानमन्त्री राहत कोषमा एनआरएनएद्वारा ५१ लाख सहयोग

काठमाडौँ  । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले रु ५१ लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री

Read More »

मारवाडी सेवा समिति र महानगरबिचको वार्ता निष्कर्षविहीन

काठमाडौँ । मारवाडी सेवा समितिले गौशाला धर्मशाला नछाड्ने अडान लिएको छ । काठमाडौँ महानगरपालिकाले धर्मशाला खाली गर्न भने पनि समितिले आफूहरू मोही भएको जिकिर गर्दै

Read More »