साताको अन्तिम कारोबारमा नेप्से ८.९७ अंकले उकालो, कारोबार रकम ११ अर्ब नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । साताको सुरुदेखि निरन्तर ओरालो लागेको बजार अन्तिम दिन भने सुधार देखिएको हो ।

बिहीबार नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १.५१ अंकले बढ्दा फ्लोट इण्डेक्स ०।८५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०।५६ अंकले उकालो लागेको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । बुधबार ८ अर्ब ६९ करोड रुपैयाँको शेयर किनबेच भएको बजारमा बिहीबार ३३७ स्टकको १ लाख ६ हजार १८ पटकको कारोबारमा ११ अर्ब १० करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड ७७ लाख ८० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयर मूल्य २८ रुपैयाँ ५० पैसा बढेर ३१३ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भयो । त्यस्तै, रसुवागढी हाइड्रोपावरको शेयर मूल्य करिब १० प्रतिशतले उकालो लागेको छ भने खानी खोला हाइड्रोपावरको शेयर मूल्य ७ प्रतिशतले बढेको छ ।

कालिञ्चोक दर्शनको शेयर मूल्य सर्वाधिक ७।५९ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो। कम्पनीको ७० करोड ५३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यसैगरी, एसवाई प्यानल नेपालको करिब ४३ करोड ५० लाख रुपैयाँ तथा रिडी पावरको करिब ४२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

उपसमूहगत रूपमा हेर्दा १३ मध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूह घटेका छन् । विकास बैंक उपसमूह सर्वाधिक १।१८ प्रतिशतले बढ्दा जलविद्युत उपसमूह करिब १ प्रतिशतले उकालो लागेको छ । अन्य उपसमूहहरूमा सामान्य वृद्धि देखिएको छ ।

यता, होटल तथा पर्यटन उपसमूह सर्वाधिक १।६५ प्रतिशतले घटेको छ । लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहमा पनि सामान्य गिरावट देखिएको छ ।

अबदेखि आधा सिलिन्डर मात्रै ग्यास वितरण हुने

काठमाडौं । खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने भएको छ । नेपाल आयल निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आधा सिलिन्डर मात्रै ग्यास वितरण

Read More »

युवाको नेतृत्वमा नेपालमा द्रुत विकास हुन्छ : डा. भट्टराई

काठमाडौँ ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवाको नेतृत्वमा नेपालमा द्रुत विकास हुने विश्वास व्यक्त गरेका छन् । भारतमा आयोजित एनएक्स्टटी सम्मेलनको प्रधानमन्त्रीहरूको गोलमेच सत्रलाई सम्बोधन

Read More »

एमाले केन्द्रीय सदस्य कृष्ण थापालाई बैठकमै हर्टअट्याक

काठमाडौं । नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापालाई हृदयघात भएको छ । कास्की जिल्ला कार्यालयका बैठकमा बोल्दाबोल्दै हृदयघातबाट ढलेका थापालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल

Read More »

नेपालमा ग्यास-तेल आपूर्ति सहज हुने, भारतीय जहाजलाई इरानको अनुमति

काठमाडौं : अमेरिका, इजरायल र इरानबीच १३ दिनसम्म चलेको युद्धको बीचमा पनि भारतीय जहाजहरू हर्मुजको जलडमरूमबाट जान सक्नेछन्। इरानी सरकारले यसका लागि अनुमति दिएको छ।

Read More »

बालेन हिन्दू राष्ट्रमा तयार भए राप्रपाले दुई तिहाइ पुर्‍याइदिन्छ : कमल थापा

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले रास्वपा सरकारलाई दुई तिहाइ समर्थन पुर्‍याउन रोचक प्रस्ताव राखेका छन्। यदि बालेन सरकार हिन्दू राष्ट्रको

Read More »

थप अनुसन्धानका लागि सीआईबी र पोलिग्राफको टोली सुर्खेत आउँदै

सुर्खेत । बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिशा विक मृत्यु प्रकरणमा थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोली र नेपाल प्रहरी प्रदेश कार्यालय

Read More »