ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

दाङ । दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ । आज बिहान लमही नगरपालिका–५ रातोडाँडामा रोकिराखेको ना५ख ९३३६ नम्बरको ट्रक पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लु१२प ९८४० नम्बरको मोटरसाइकल चालक लमही नगरपालिका–७ हसनापुर निवासी अन्दाजी ३७ वर्षीय जीवन गिरीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि लमही अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मोटरसाइकलमा सवार अन्दाजी ३२ वर्षीय सोही ठाउँका धनिराम चौधरी घाइते भएका छन् । उनको हाल राप्ती स्वास्थ्य विज्ञान प्रतष्ठान घोराहीमा उपचार भइरहेको छ ।

राष्ट्रहितविरुद्धका अभिव्यक्ति रोक्न साम्पाङले गरे संकल्प प्रस्ताव दर्ता

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले राष्ट्रको सार्वभौमिकता तथा राष्ट्रिय हितसँग सम्बन्धित विषयमा जिम्मेवार अभिव्यक्ति दिनुपर्ने माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव पेस

Read More »

नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ४४ करोड माथिको कारोबार

काठमाडौँ । साताको कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से १.५४ अङ्कले घटेर २७३३.५९ विन्दुमा पुगेर बन्द भएको छ

Read More »

प्रधानमन्त्रीले माफी माग्नुपर्छ वा संसद्‌ले सीमा मिचेको स्वीकार गर्नुपर्छ : खुश्बु ओली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले बालेन शाहले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याउनुपर्ने वा सत्तापक्षले ‘नेपालले छिमेकीको

Read More »

नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन पनि सरकारमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री बालेन शाहले उनलाई नवप्रवर्तन मन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।

Read More »

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको हो ।

Read More »

टेलिकमको केबल तार काट्दै गरेको अवस्थामा दुई जना रंगेहात पक्राउ

झापा : झापाको मेचीनगरमा नेपाल टेलिकमको केबल तार काट्दै गरेको अवस्थामा प्रहरीले दुई जनालाई रंगेहात पक्राउ गरेको छ। झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ चारआली

Read More »