टेलिकमको केबल तार काट्दै गरेको अवस्थामा दुई जना रंगेहात पक्राउ

झापा : झापाको मेचीनगरमा नेपाल टेलिकमको केबल तार काट्दै गरेको अवस्थामा प्रहरीले दुई जनालाई रंगेहात पक्राउ गरेको छ। झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ चारआली बजारस्थित लक्ष्मी डिपार्टमेन्ट अगाडि रहेको पोलबाट तार चोर्दै गर्दा उनीहरू पक्राउ परेका हुन्।

सोमबार बिहानको करिब ४ः३० बजेको समयमा पोलमा चढेर नेपाल टेलिकमको केबल काटिरहेको अवस्थामा प्रहरी चौकी चारआलीबाट खटिएको नियमित गस्ती टोलीले उनीहरूलाई फेला पारेको थियो। पक्राउ पर्नेहरूमा झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ बस्ने २३ वर्षीय संगम शेर्पा र सोही नगरपालिकाको वडा नम्बर १५ बस्ने २१ वर्षीय मणिराज राजवंशी रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट चोरीमा प्रयोग गरिएका सामग्री र काटिएको तार समेत बरामद गरेको छ। घटनास्थलबाट अन्दाजी ३५ मिटर नेपाल टेलिकमको केबल तार, तार काट्न प्रयोग गरिएको ३ थान ह्याक्सो ब्लेड र १ थान तार कटर बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै युवकविरुद्ध मुलुकी अपराध संहिता २०७४ को चोरी सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको छ। पक्राउ परेका दुवैजना माथि थप अनुसन्धान गर्नका लागि झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

राष्ट्रहितविरुद्धका अभिव्यक्ति रोक्न साम्पाङले गरे संकल्प प्रस्ताव दर्ता

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले राष्ट्रको सार्वभौमिकता तथा राष्ट्रिय हितसँग सम्बन्धित विषयमा जिम्मेवार अभिव्यक्ति दिनुपर्ने माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव पेस

Read More »

नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ४४ करोड माथिको कारोबार

काठमाडौँ । साताको कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से १.५४ अङ्कले घटेर २७३३.५९ विन्दुमा पुगेर बन्द भएको छ

Read More »

प्रधानमन्त्रीले माफी माग्नुपर्छ वा संसद्‌ले सीमा मिचेको स्वीकार गर्नुपर्छ : खुश्बु ओली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले बालेन शाहले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याउनुपर्ने वा सत्तापक्षले ‘नेपालले छिमेकीको

Read More »

नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन पनि सरकारमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री बालेन शाहले उनलाई नवप्रवर्तन मन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।

Read More »

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको हो ।

Read More »

टेलिकमको केबल तार काट्दै गरेको अवस्थामा दुई जना रंगेहात पक्राउ

झापा : झापाको मेचीनगरमा नेपाल टेलिकमको केबल तार काट्दै गरेको अवस्थामा प्रहरीले दुई जनालाई रंगेहात पक्राउ गरेको छ। झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ चारआली

Read More »