प्रधानमन्त्रीले माफी माग्नुपर्छ वा संसद्‌ले सीमा मिचेको स्वीकार गर्नुपर्छ : खुश्बु ओली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले बालेन शाहले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याउनुपर्ने वा सत्तापक्षले ‘नेपालले छिमेकीको सीमा मिचेको हो’ भनी हस्ताक्षर गर्नुपर्ने बताएकी छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा ओलीले बाहिरबाट हेर्दा प्रतिपक्षले संसद् रोकेको देखिए पनि यसको मुख्य जिम्मेवार सरकार र प्रधानमन्त्री भएको समेत बताइन्। ओलीले संसद्को‌ अवरोध हटाउन दुई वटा प्रस्ताव समेत अघि सारेकी छन् ।

पहिलो, प्रधानमन्त्रीले नेपालले भारतको भूभाग मिचेको भन्ने आशयको जुन वक्तव्य दिनुभएको छ, त्यसमा सत्तापक्षका सांसदहरूले हस्ताक्षर गरेर सदनबाट स्वीकार गर्नुपर्ने।

दोस्रो, यदि त्यसो होइन भने प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर आफ्नो वक्तव्य गलत भएको स्वीकार गर्दै माफी माग्नुपर्ने र त्यसलाई सच्याउनुपर्ने। ‘प्रधानमन्त्रीज्यूले एउटा कर्मचारीको म्यासेजलाई राष्ट्रिय मुद्दा बनाएर सामाजिक सञ्जालमा ‘बुलिङ’ गर्न सक्नुहुन्छ, तर राष्ट्रको सीमा जस्तो गम्भीर विषयमा स्पष्टीकरण दिन किन सक्नुहुन्न,’ ओलीले भनिन् ।

ओलीले बीवाइडी विद्युतीय गाडीको कर छली प्रकरणमा पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन् । उनले यस प्रकरणमा निष्पक्ष र विश्वसनीय छानबिन नहुँदासम्म अर्थमन्त्रीले नैतिकताको आधारमा आफ्नो जिम्मेवारीबाट अलग रहनुपर्ने माग गरिन्।

राष्ट्रहितविरुद्धका अभिव्यक्ति रोक्न साम्पाङले गरे संकल्प प्रस्ताव दर्ता

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले राष्ट्रको सार्वभौमिकता तथा राष्ट्रिय हितसँग सम्बन्धित विषयमा जिम्मेवार अभिव्यक्ति दिनुपर्ने माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव पेस

Read More »

नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ४४ करोड माथिको कारोबार

काठमाडौँ । साताको कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से १.५४ अङ्कले घटेर २७३३.५९ विन्दुमा पुगेर बन्द भएको छ

Read More »

प्रधानमन्त्रीले माफी माग्नुपर्छ वा संसद्‌ले सीमा मिचेको स्वीकार गर्नुपर्छ : खुश्बु ओली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले बालेन शाहले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याउनुपर्ने वा सत्तापक्षले ‘नेपालले छिमेकीको

Read More »

नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन पनि सरकारमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री बालेन शाहले उनलाई नवप्रवर्तन मन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।

Read More »

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको हो ।

Read More »

टेलिकमको केबल तार काट्दै गरेको अवस्थामा दुई जना रंगेहात पक्राउ

झापा : झापाको मेचीनगरमा नेपाल टेलिकमको केबल तार काट्दै गरेको अवस्थामा प्रहरीले दुई जनालाई रंगेहात पक्राउ गरेको छ। झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ चारआली

Read More »