राष्ट्रहितविरुद्धका अभिव्यक्ति रोक्न साम्पाङले गरे संकल्प प्रस्ताव दर्ता

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले राष्ट्रको सार्वभौमिकता तथा राष्ट्रिय हितसँग सम्बन्धित विषयमा जिम्मेवार अभिव्यक्ति दिनुपर्ने माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव पेस गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त संकल्प प्रस्ताव प्रस्तुत गरेका हुन् ।

उनले जेठ १७ गते बसेको प्रतिनिधिसभाको आकस्मिक बैठकमा प्रधानमन्त्री बालेन्द्र साहले संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई राष्ट्रहितविरुद्धको भन्दै संसद्को अभिलेख (रेकर्ड) बाट हटाउनुपर्ने माग समेत गरे ।

उनले भने, ‘जेठ १७ गते प्रतिनिधि सभाको आकस्मिक बैठक बसिरहेका बेला प्रधानमन्त्री बालेल्द्र साहले सभामा उठेको प्रश्नको जवाफ दिने क्रममा नेपालले भारतको सीमा धेरै ठाउँमा मिचेको भन्ने राष्ट्रविरुद्ध अभिव्यक्तिलाई सभाको रेकर्डबाट हटाउँदैछ ।’

संकल्प प्रस्तावमार्फत उनले आगामी दिनमा नेपाल सरकारका प्रधानमन्त्री, मन्त्रीहरू तथा प्रतिनिधिसभाका सांसदलगायत राष्ट्रहितविपरीत अभिव्यक्ति दिन नपाउने व्यवस्था गर्न आग्रह गरे ।

उनले भने, ‘नेपाल सरकारको प्रधानमन्त्री मन्त्रीहरू, प्रतिनिधि सभाका सांसदहरू कोही कसैले यस्तो राष्ट्रघाती अभिव्यक्ति दिन नपाउने साथै राष्ट्रिय सार्वभौमता र राष्ट्रिय सवालमा सता पक्ष वा प्रतिपक्ष सबैले दलिए र वर्गीय स्वार्थ तह भन्दा माथि उठेर देशको पक्षमा एकता बद्ध सन्देश दिने संकल्प प्रस्ताव पेस गर्दछु ।’

तनहुँमा भारतीय कार दुर्घटना

काठमाडौं : तनहुँमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा मंगलबार दिउँसो १ बजेतिर उक्त दुर्घटना

Read More »

रवि लामिछानेको संगठित अपराधको मुद्दा फिर्ता

काठमाडौँ : जिल्ला अदालत पर्साले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध सम्बन्धी कसुर फिर्ता लिने निर्णय भएको छ। जिल्ला अदालत पर्साका न्यायाधीश

Read More »

राष्ट्रहितविरुद्धका अभिव्यक्ति रोक्न साम्पाङले गरे संकल्प प्रस्ताव दर्ता

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले राष्ट्रको सार्वभौमिकता तथा राष्ट्रिय हितसँग सम्बन्धित विषयमा जिम्मेवार अभिव्यक्ति दिनुपर्ने माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव पेस

Read More »

नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ४४ करोड माथिको कारोबार

काठमाडौँ । साताको कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से १.५४ अङ्कले घटेर २७३३.५९ विन्दुमा पुगेर बन्द भएको छ

Read More »

प्रधानमन्त्रीले माफी माग्नुपर्छ वा संसद्‌ले सीमा मिचेको स्वीकार गर्नुपर्छ : खुश्बु ओली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले बालेन शाहले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याउनुपर्ने वा सत्तापक्षले ‘नेपालले छिमेकीको

Read More »

नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन पनि सरकारमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री बालेन शाहले उनलाई नवप्रवर्तन मन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।

Read More »