महाराजगन्जको व्यस्त चोकमा शंकास्पद वस्तु फेला

काठमाडौँ । राजधानीको महाराजगन्जस्थित व्यस्त सडक चोकमा शंकास्पद वस्तु फेला परेको छ । महाराजगन्ज चोकस्थित बूढानीलकण्ठ जाने बाटोतर्फको सडकपेटीमा झोलामा राखिएको शंकास्पद वस्तु फेला परेको हो । 

बेवारिसे अवस्थामा झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगेको छ । सवारीको चापका बीच शंकास्पद वस्तु भएतर्फको साइडको सडक खाली अहिले  गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा अहिले सवारीको चाम चर्को रहेको छ ।