बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति

धनुषा।  हालैको बाढीबाट मधेश प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको छ । यो क्षति रु १९ करोड ५० लाखभन्दा बढीको हो ।

सप्तरीको बलान, त्रियुगा, महुलीको बाढीले रु १२ करोड ८० लाख तथा धनुषामा रातु, चारनाथ, कमला, जल्लाद, औरही, खहरे र वडहरीको बाढीबाट रु नौ करोड ५० लाखको क्षति भएको छ । यसैगरी, सर्लाहीमा बागमती, लखनेहीसहितका खोलाको बाढीले रु नौ करोड २५ लाख, बारामा रु आठ करोड ५० लाख, सिरहामा रु सात करोड ९० लाख, महोत्तरीमा रु सात करोड ५० लाख र पर्सामा रु पाँच करोड ५० लाखभन्दा बढीको क्षति भएको छ । बाढीबाट क्षति भएका संरचनाको मर्मतसम्भारका लागि प्रदेश सरकारले रु आठ करोड निकासा गरेको छ ।

इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो

तेहरान ।  इरानको राजी बन्दरगाहमा शनिबार भएको  विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ४६ पुगेको होर्मोजगन प्रान्तका सङ्कट व्यवस्थापन निर्देशक मेहरदाद हसनजादेहलाई उद्धृत गर्दै इरानी समाचार एजेन्सीले

Read More »

तीनै तहको समन्वयमा विकासलाई तीव्रता दिऔँ :  मन्त्री दाहाल

जनकपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माण तथा विकासलाई गति दिन तीनै तहका सरकारहरुबिच दर्बिलो समन्वय आवश्यक रहेको बताएका छन् ।

Read More »

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६४७ दशमलव

Read More »

माइतीघर मण्डलामा अर्धनग्न भएर प्रदर्शन

काठमाडौँ । सहकारी पीडितहरूले सोमबार अर्धनग्न भएर प्रदर्शन गरेका छन्। सोमबार माइतीघर मण्डलामा पीडितहरूले अर्धनग्न भएर प्रदर्शन गरेका हुन्।  उनीहरूले एक खालका कालो कपडा लगाएर

Read More »

सुस्ता झोलुङ्गे पुल जोखिममा

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित झोलुङ्गे पुल जोखिममा रहेकोे छ । झोलुङ्गे पुलमा दैनिक क्षमताभन्दा बढी व्यक्ति ओहरदोहर गर्न थालेपछि

Read More »

निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति छिट्टै ल्याइनेछ : मन्त्री अधिकारी

काठमाडौँ : कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकमा व्यावसायिक रूपमा आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति छिट्टै ल्याइने भएको छ ।

Read More »