३० प्रतिशत तलब बढाउने प्रस्ताव बोइङले लियो फिर्ता

वाशिङटन डीसी । अमेरिकी यात्रुवाहक विमान निर्माता कम्पनी गुगलले आफ्ना कर्मचारीको तलब ३० प्रतिशतले बढाउने प्रस्ताव फिर्ता लिएको छ । कर्मचारी संगठनका प्रतिनिधिहरूसँगको वार्ता अगाडि बढ्न नसकेपछि आफूले तलब वृद्धिको प्रस्ताव फिर्ता लिएको कम्पनीको भनाई छ । बोइङको प्रस्तावलाई इन्टरनेशनल एशोसियशन अफ मशिनिष्ट एन्ड एरोस्पेश वर्कस युनियम (आईएएम)का सदस्यहरूले अस्वीकृत गरेका थिए ।

वार्ता नै नहुने अफरमा बोइङ जबर्जस्ती अड्डी लिएर बसेको आईएएमले भनेको थियो । गएको महिना बोइङले सबैभन्दा राम्रो र अन्तिम प्रस्ताव भन्दै कर्मचारीको तलब चार वर्षका लागि ३० प्रतिशत बढाउने प्रस्ताव गरेको थियो । आईएएमले भने तलब ४० प्रतिशत बढाउन माग गरेको थियो । व्यवसायमा प्रतिस्पर्धी रहनका लागि आफूहरूले स्वीकार गर्ने भन्दा निकै धेरै तलबको माग कर्मचारी संगठनले गरेको बोइङका स्टेफाइन पपले कर्मचारीलाई पठाएको पत्रमा भनेका थिए ।

यस्तो स्थितिमा थप वार्ता नहुने भन्दै अफर फिर्ता गरिएको उनको भनाई थियो । कर्मचारी संगठनका प्रतिनिधिहरूले भने पछिल्लो प्रस्तावमाथि कम्पनीले वार्ता गर्ने इच्छा नदेखाएको भनिरहेका छन् । उत्तरपश्चिम अमेरिकामा बोइङका ३० हजार भन्दा धेरै कर्मचारी गएको महिनायता हड्तालमा उत्रिएका छन् ।

इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो

तेहरान ।  इरानको राजी बन्दरगाहमा शनिबार भएको  विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ४६ पुगेको होर्मोजगन प्रान्तका सङ्कट व्यवस्थापन निर्देशक मेहरदाद हसनजादेहलाई उद्धृत गर्दै इरानी समाचार एजेन्सीले

Read More »

तीनै तहको समन्वयमा विकासलाई तीव्रता दिऔँ :  मन्त्री दाहाल

जनकपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माण तथा विकासलाई गति दिन तीनै तहका सरकारहरुबिच दर्बिलो समन्वय आवश्यक रहेको बताएका छन् ।

Read More »

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६४७ दशमलव

Read More »

माइतीघर मण्डलामा अर्धनग्न भएर प्रदर्शन

काठमाडौँ । सहकारी पीडितहरूले सोमबार अर्धनग्न भएर प्रदर्शन गरेका छन्। सोमबार माइतीघर मण्डलामा पीडितहरूले अर्धनग्न भएर प्रदर्शन गरेका हुन्।  उनीहरूले एक खालका कालो कपडा लगाएर

Read More »

सुस्ता झोलुङ्गे पुल जोखिममा

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित झोलुङ्गे पुल जोखिममा रहेकोे छ । झोलुङ्गे पुलमा दैनिक क्षमताभन्दा बढी व्यक्ति ओहरदोहर गर्न थालेपछि

Read More »

निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति छिट्टै ल्याइनेछ : मन्त्री अधिकारी

काठमाडौँ : कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकमा व्यावसायिक रूपमा आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति छिट्टै ल्याइने भएको छ ।

Read More »