kites

विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजमाथि कडाइ गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शिक्षक संस्थाहरूको नियमनमा कडाइ गरेको छ । विदेशी विश्वविद्यालयको कार्यक्रम सञ्चालन गर्ने अनुमति लिएर नेपालमा सञ्चालनमा रहेका कलेज तथा शिक्षण संस्थाहरूको नियमनमा कडाइ गर्न थालेको हो । लामो समयदेखि नियमनको अभाव रहेका त्यस्ता शिक्षण संस्थाहरूको नियमन र व्यवस्थित गर्न पछिल्लो समय दुई कार्यदल गठन भएका छन् । तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले एक कार्यदल गठन गरेकी थिइन् । त्यसपछि वर्तमान शिक्षामन्त्री विद्या भट्टराई समेत अर्को कार्यदल गठन गरेर सुझाव माग गरेकी हुन् । दुवै कार्यदलले दिएको सुझावका आधारमा शिक्षा मन्त्रालयले नियमनको प्रक्रिया अगाडि बढाएको हो । शिक्षामन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयका प्राडा बिनिल अर्याल संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेकी थिइन् । उक्त कार्यदलले डेढ महिना लामो अध्ययनपछि आफ्नो प्रतिवेदन मन्त्रालयलाई बुझाइसकेको छ ।

उक्त कार्यदलले विश्व वरियता (वर्ल्ड र्याङककिङ) मा एक हजार भित्र रहेका र गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) प्राप्त विदेशी विश्वविद्यालयको कार्यक्रम मात्रै सञ्चालन गर्न दिनुपर्ने सुझाव दिएको थियो । विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिकामा भने क्यूएए वा एक हजार र्याङकिङमा हुनुपर्ने प्रावधान छ । कार्यदलले नियमावलीमा भएको उक्त प्रावधान सच्याएर क्यूएए र एक हजार र्याङककिङ अनिवार्य हुनुपर्ने सुझाव दिएको हो । यसअघि पूर्व शिक्षामन्त्री श्रेष्ठले गठन गरेको पूर्वसचिव शंकर कोइराला संयोजक रहेको कार्यदलले समेत यही सुझाव दिएको थियो । कोइरालाको कार्यदलले विश्वविद्यालयको कार्यक्रम चार वटाभन्दा बढी दिन नहुने सुझाव दिएको थियो ।

पूर्वाधार भएका कलेजलाई स्वघोषणा गर्न लगाएर कोटा निर्धारण गर्न कार्यदलको सुझाव थियो । मन्त्री भट्टराईले पनि ‘वर्ल्ड र्याङक’ भित्र रहेका र क्यूएए प्राप्त गरेका विश्वविद्यालयको कार्यक्रमलाई मात्रै दिने निर्णय गरेकी छन् । कार्यदलले कानुनी तथा संस्थागत प्रबन्ध, विदेशी विश्वविद्यालयहरूले आफ्नो संस्थागत र शैक्षिक कार्यक्रम दुवैको क्यूएउ प्राप्त गरेको हुनुपर्ने, विद्यार्थी भर्नाको अभिलेख तयार गर्नुपर्ने, छात्रवृत्तिलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्नुपर्ने लगायतका सुझाव दिएको थियो । ती सुझाव कार्यान्वयनका लागि मन्त्रालयले विस्तृत कार्ययोजना बनाएको जनाएको छ । विदेशी सम्बन्धनप्राप्त कलेज सञ्चालकहरुले भने मन्त्रीको निर्णयको विरोध गर्दै उनीहरूले सर्वोच्चमा रिट दायर गरेका छन् । मन्त्रीले निर्देशिका विपरीत निर्णय गरेको भन्दै उनीहरू सर्वोच्च पुगेका हुन् । नेपालमा हाल ३७ विदेशी विश्वविद्यालयका ५९ वटा कलेज सञ्चालनमा छन् ।

अफगानिस्तानले नेपाललाई दियो एक सय २४ रनको लक्ष्य

काठमाडौँ : युएईमा जारी यु १९ एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई एक सय २४ रनको लक्ष्य दिएको छ । दुबईको सारजाह क्रिकेट मैदानमा अहिले

Read More »

नेपाल–चीन बिच भैँसीको मासु निर्यातदेखि चिनियाँ भाषा शिक्षकसम्मको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र चीनबिच विभिन्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा

Read More »

जन्मेको तीन वर्षसम्म छोरीलाई दराजमा थुन्ने आमालाई जेल सजाय

लन्डन : जन्मेलगत्तै तीन वर्षसम्म आफ्नी छोरीलाई दराजमा थुनेर राख्ने एक आमालाई बेलायतमा जेल सजाय दिइएको छ । महिलालाई साढे ७ वर्षको जेल सजाय सुनाइएको

Read More »

नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

बेइजिङ : नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक

Read More »

‘अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार संरक्षण गर्नुपर्छ ’ : अध्यक्ष नेपाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा

Read More »

तमिलनाडुमा चक्रवातका कारण पहिरो, पाँच जनाको शव भेटियो

नयाँ दिल्ली । भारतको तमिलनाडुमा चक्रवाती तूफान फङ्गलका कारण गएको पहिरो फसेका पाँच जनाका शव भेटिएको छ । राज्यको तिरुवन्नमलाईमा पहिरोमा परेर पुरिएका सातमध्ये पाँच

Read More »