kites

दबाब थेग्न नकसेपछि म्याद थप नगरी हाजिर जमानतमा छोडिए जुवाडे

विराटनगर । सत्तारुढ दल एमाले र कांग्रेसका नेताहरूको दबाब थेग्न नसकेपछि जिल्ला प्रहरी कार्यालय मोरङले तीन दिनअगाडि पक्राउ गरेका १० जना जुवाडेलाई प्रहरीले ‘हाजिर जमानत’ मा छोडेको छ ।  विराटनगर महानगरपालिका–११ स्थितमा सङ्गम पार्टी प्यालेसबाट गत शुक्रवार राती पक्राउ परेका १० जना जुवाडेलाई प्रहरीले बोलाएको बेला उपस्थिति हुने सर्त ‘हाजिर जमानत’मा आइतबार छोडेको हो । हाजिर जमानतमा छोडिनेहरूमा विराटनगर ११ का पशुपति भगत, सोही ठाउँका ६१ वर्षीय राजन कँडेल, सोही ठाउँका वर्ष ४१ का टुनटुन शर्मा, ४७ वर्षीय  सुरेन्द्र ठाकुर, ५० वर्षीय वीरेन्द्र साह, विराटनगर–३ का ५५ वर्षीय पेट्रोलियम व्यवसायी ध्रुव सिग्देल, विराटनगर–५ का ५५ वर्षीय मनिराज प्रसाई, ५० वर्षीय बाबुराम कटेल, ४६ वर्षीय लीला सहनी र पाटी प्यालेस सञ्चालक ५९ वर्षीय पदम श्रेष्ठ छन् ।

भगत नयाँ गुद्री थोक तथा बिक्रेता बजार व्यवस्थापन समिति विराटनगरका अध्यक्ष हुन् भने कँडेल सुनौलो पूर्व नेपाल यातायात प्रालिका अध्यक्ष हुन् । शर्मा फर्निचर व्यवसायी, कट्टेल यातायात व्यवसायी र सिग्देल पेट्रोलियम व्यवसायी हुन् । प्रहरीले उनीहरूको साथबाट १० लाख ६ हजार ९९५ रुपैयाँ नगद र पाँच बुङ तास बरामद गरेको थियो । पक्राउ परेको उनीहरू कांग्रेस र एमाले निकट हुन् । पहुँचवालाबाट दबाब आएपछि नियन्त्रणमा लिएको ४८ घण्टा पनि बित्न नपाउँदै हाजिर जमानतमा छोड्न बाध्य भएको प्रहरी स्रोतको दाबी छ । ‘प्रहरीले स्वास्थ्य अवस्था देखाएर हाजिर जमानतमा छोड्नुपर्ने कारण बनाएको मात्रै हो । वास्तवमा प्रहरीमाथि चौतर्फी दबाब बढेपछि हाजिर जमानतमा छोड्न बाध्य भएको हो,’ स्रोतले भन्यो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले भने पक्राउ परेकाहरूको स्वास्थ्यमा समस्या देखिएपछि कानुनमा भएको व्यवस्थाअनुसार हाजिर जमानतमा छोडिएको बताए । ‘मुद्दा नै नचल्ने भन्ने होइन । प्रहरीले अनुसन्धान गर्दै आएको छ । उहाँहरूको स्वास्थ्यमा समस्या देखिएपछि हामीले बोलाएको बेला उपस्थिति हुने गरी हाजिर जमानतमा छोडिएको हो,’ जोशीले भने, ‘यो मुद्दा जिल्ला प्रशासन कार्यालयमा चल्ने भएको कारणले कार्यालय खुलेपछि उहाँहरूलाई बोलाएर म्याद थप गर्न लैजान्छौँ ।’

प्रहरीले मङ्गलवार पक्राउ परेका जुवाडेहरूलाई मोरङ प्रहरीमा उपस्थित गराएर म्याद थप गर्न लैजाने तयारी गरेको छ । ‘कार्यालय खुल्ने बित्तिकै हामी पक्राउ परेको दिनदेखि जोडेर म्याद थप गर्ने तयारी गरेका छौँ,’ उनले भने, ‘प्रहरीलाई त्यस्तै कुनै दबाब आएको छैन । पक्राउ परेकाहरू सुगर र मुटुका बिरामीहरू थिए । केहीले नियमित  इन्सुलिन पनि लगाउने गरेका थिए । त्यही भएर उहाँहरूलाई हाजिर जमानतमा छोडिएको हो ।’ समाजमा खेलिने जुवातासलाई नेपालको कानुनले भने वर्जित गरेको छ । मुलुकी अपराध संहिता २०७४ ले जुवालाई अपराध मानेको छ ।  ऐनमा तासको बारेमा व्याख्या नभए पनि तासलाई पनि जुवा जन्य खेल नै मानिन्छ । कसैले जुवातास खेलेको भए कानुनी कारबाही हुन्छ । मुलुकी अपराध संहिता २०७४ को दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । दोस्रो पटक खेल्नेलाई एक वर्षसम्म कैद र ५० हजार जरिवाना हुने प्रावधान छ । पटकेका लागि भने एक वर्षको कैदमा पटकै पिच्छे तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना थप हुने प्रावधान छ । ऐनले सार्वजनिक महोत्सव, मेला, पर्व, चाड, प्रदर्शनी वा समारोहमा मनोरञ्जनका लागि सानोतिनो चल सम्पत्ति पाउने वा गुमाउने गरी नेपाल सरकारको स्वीकृति लिई सञ्चालन हुने खेललाई भने जुवा मानेको छैन ।

नेपाल–चीन बिच भैँसीको मासु निर्यातदेखि चिनियाँ भाषा शिक्षकसम्मको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र चीनबिच विभिन्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा

Read More »

जन्मेको तीन वर्षसम्म छोरीलाई दराजमा थुन्ने आमालाई जेल सजाय

लन्डन : जन्मेलगत्तै तीन वर्षसम्म आफ्नी छोरीलाई दराजमा थुनेर राख्ने एक आमालाई बेलायतमा जेल सजाय दिइएको छ । महिलालाई साढे ७ वर्षको जेल सजाय सुनाइएको

Read More »

नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

बेइजिङ : नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक

Read More »

‘अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार संरक्षण गर्नुपर्छ ’ : अध्यक्ष नेपाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा

Read More »

तमिलनाडुमा चक्रवातका कारण पहिरो, पाँच जनाको शव भेटियो

नयाँ दिल्ली । भारतको तमिलनाडुमा चक्रवाती तूफान फङ्गलका कारण गएको पहिरो फसेका पाँच जनाका शव भेटिएको छ । राज्यको तिरुवन्नमलाईमा पहिरोमा परेर पुरिएका सातमध्ये पाँच

Read More »

रवि लामिछानेलाई बयानको लागि चितवन लगियो

चितवन । सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ । उनलाई बुद्ध एयरमार्फत चितवन लगिएको

Read More »