परराष्ट्रले गर्‍यो प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक घोषणा

काठमाडौँ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको चीन भ्रमणको औपचारिक घोषणा गरेको छ ।परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि २० गतेसम्म चीनको भ्रमण गर्ने जानकारी गराएको हो । 

चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा त्यहाँ जान लागेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग समेत भेटवार्ता गर्ने जनाइएको छ । यस्तै चीनका प्रधानमन्त्री छ्याङसँग दुई पक्षीय वार्ता हुनुको साथै चीनको राष्ट्रिय जन काँग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि उनको भेटवार्ता हुने मन्त्रालयले जनाएको छ ।

भ्रमणको क्रममा प्रधानमन्त्रीले पेकिङ विश्व विद्यालयमा मुख्य सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । त्यसैगरि प्रधानमन्त्रीले बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआइटी) र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रास्वपा सांसदहरूले जनतालाई नै गुमराहमा राखे : डा. महत

काठमाडौँ : नेपाली काँग्रेसका सांसद डाक्टर प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू बजेटका तमाम विषयको छलफलमा सहभागी नभएर एउटा महत्त्वपूर्ण अवसर गुमाएको बताएका छन् ।

Read More »

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिँदा कारोबार रकम बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव

Read More »

प्रभावकारी सेवा प्रवाहबाट कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ, १ असार । राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्नसकेमा लोकतन्त्र दरिलो हुने वास्तविकतालाई मनन गरेर राष्ट्रसेवकहरूले

Read More »

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगप्रति जनविश्वास प्रबल रहेको बताउनुभएको छ । आयोगको हीरक जयन्तीका अवसरमा आज यहाँ आयोजित

Read More »

अर्घाखाँचीमा श्रीमतीद्वारा  श्रीमानको हत्या

टवल । असार १ अर्घाखाँचीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर–३, शिखरकी २७ वर्षीय मेखमाया कुमालले  श्रीमान् ३८ वर्षीय

Read More »

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

काठमाडौँ, १ असार । सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग बेग्लाबेग्लै

Read More »