kites

ओली सरकार सडकबाट ढल्छ: अमरेश कुमार

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमालेसहितको गठबन्धन सरकार लामो अवधि नटिक्ने दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई जनताले सडकबाट ढाल्ने दाबी गरेका हुन् ।

उनले जनतामा अहिले चमर निराशा रहेको र त्यो निराशालाई चिर्ने काम प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गर्न नसकेको बताए । यही फागुन महिनादेखि प्रधानमन्त्री ओली नेतृत्वको सरकारविरुद्ध जनताहरु सडकमा आउने उनको दाबी छ । विगतमा राजा ज्ञानेन्द्र, कीर्तिनिधि विष्ट र डा. तुलसी गिरी उपाध्यक्ष भएको सरकार सडकबाटै ढलेझैं ओली नेतृत्वको सरकार पनि ढल्ने उनले बताए ।

‘गठबन्धन लामो जाँदैन । फागुनदेखि सडकबाट सरकार जान्छ । संसद्बाट जाँदैन । शेख हसिनाको सरकार संसद्बाट गएको होईन नि । ज्ञानेन्द्रको सरकार, कीर्तिनिधि विष्ट र डा. तुलसी गिरी उपाध्यक्ष भएको सरकार सडकबाट ढलेको हो नि । ४६ सालको राजाको सरकार ढलेको होईन । केपी शर्मा ओली नेतृत्वको सरकार सडकबाटै ढल्छ । सडकमा जनता आउँछन्, आउँछन् । यो मैले गाउँ–गाउँमा देखेको छु कि जनतामा चरम निराशा छ । उहाँले निराशा बढाउने काम गरिरहनु भएको छ,’– उनले भने ।

अफगानिस्तानले नेपाललाई दियो एक सय २४ रनको लक्ष्य

काठमाडौँ : युएईमा जारी यु १९ एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई एक सय २४ रनको लक्ष्य दिएको छ । दुबईको सारजाह क्रिकेट मैदानमा अहिले

Read More »

नेपाल–चीन बिच भैँसीको मासु निर्यातदेखि चिनियाँ भाषा शिक्षकसम्मको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र चीनबिच विभिन्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा

Read More »

जन्मेको तीन वर्षसम्म छोरीलाई दराजमा थुन्ने आमालाई जेल सजाय

लन्डन : जन्मेलगत्तै तीन वर्षसम्म आफ्नी छोरीलाई दराजमा थुनेर राख्ने एक आमालाई बेलायतमा जेल सजाय दिइएको छ । महिलालाई साढे ७ वर्षको जेल सजाय सुनाइएको

Read More »

नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

बेइजिङ : नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक

Read More »

‘अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार संरक्षण गर्नुपर्छ ’ : अध्यक्ष नेपाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा

Read More »

तमिलनाडुमा चक्रवातका कारण पहिरो, पाँच जनाको शव भेटियो

नयाँ दिल्ली । भारतको तमिलनाडुमा चक्रवाती तूफान फङ्गलका कारण गएको पहिरो फसेका पाँच जनाका शव भेटिएको छ । राज्यको तिरुवन्नमलाईमा पहिरोमा परेर पुरिएका सातमध्ये पाँच

Read More »