kites

गगनले आरजुलाई भ्रष्टाचार मुद्दामा पक्राउ गर्न दबाब दिएको खुलासा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली युवा नेता विश्वदिप पाण्डेले प्रचण्ड नेतृत्वको सरकार हुँदा गगन थापामाथि कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवालाई पक्राउ गर्न दबाब दिएको खुलासा गरेका छन् । उनले गगन थापाले आरजुलाई पक्राउ गरिहाल्न पर्यो बरु प्रमाण जुटाउन आवश्यक परे सहयोग गर्छु भनेर हप्तामा एकपटक नभएर दुई दुई पटक माओवादी नेता र मन्त्रीहरुलाई अनुरोध गरेको खुलासा गरेका हुन् ।

प्रचण्डले कांग्रेसलाई प्रधानमन्त्री बनिदिनपुर्यो भनेर खबर पठाउने गरेको गगन थापाले खुलासा गरेको भोलिपल्टै माओवादी नेता पाण्डेले यस्तो दाबी गरेका हुन् ।

पाण्डेले सामाजिक सञ्जाल एक्समा लेखेका छन्-

हिजो माओवादी नेतृत्वको सरकार हुँदा आरजुलाई भ्रष्टाचार मुद्दामा तपाईंहरूले ‘पक्राउ गरिहाल्न पर्‍यो बरु प्रमाण जुटाउन आवश्यक परे म पनि सहयोग गर्छु’ भन्दै हप्तामा एक हैन २/२ पटक माओवादी नेता र मन्त्रीहरूलाई अनुरोध गर्ने मेरा आदरणीय दाइ गगन थापा नै हो । यो कुरा म गगन थापासँग नै आँखा जुधाएर भन्न सक्छु । राजनीतिमा अनेक प्रसंगमा अनेक कुरा हुन्छन् दाजु, भोलि तपाईंले नै कमरेड प्रचण्डलाई प्रधानमन्त्री अब तपाईं नै बनिदिनुपर्‍यो भन्ने दिन पनि आउँछ । शुभचिन्तक भएकोले भन्दैछु – सस्तो लोकप्रियताको लागि बाहिर अनावश्यक कुरा उचित हुँदैन होला दाजु !

जन्मेको तीन वर्षसम्म छोरीलाई दराजमा थुन्ने आमालाई जेल सजाय

लन्डन : जन्मेलगत्तै तीन वर्षसम्म आफ्नी छोरीलाई दराजमा थुनेर राख्ने एक आमालाई बेलायतमा जेल सजाय दिइएको छ । महिलालाई साढे ७ वर्षको जेल सजाय सुनाइएको

Read More »

नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

बेइजिङ : नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक

Read More »

‘अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार संरक्षण गर्नुपर्छ ’ : अध्यक्ष नेपाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा

Read More »

तमिलनाडुमा चक्रवातका कारण पहिरो, पाँच जनाको शव भेटियो

नयाँ दिल्ली । भारतको तमिलनाडुमा चक्रवाती तूफान फङ्गलका कारण गएको पहिरो फसेका पाँच जनाका शव भेटिएको छ । राज्यको तिरुवन्नमलाईमा पहिरोमा परेर पुरिएका सातमध्ये पाँच

Read More »

रवि लामिछानेलाई बयानको लागि चितवन लगियो

चितवन । सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ । उनलाई बुद्ध एयरमार्फत चितवन लगिएको

Read More »

राष्ट्रियसभाका उपाध्यक्ष घिमिरे र मलेसियाका सिनेट उपाध्यक्षबीच भेटवार्ता

काठमाडौँ : राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे र मलेसियाको उपल्लो सदन सिनेटका उपाध्यक्ष दतुक नुर याजलान बिन तान सेरी मोहम्मदबीच आज क्वालालम्पुरमा शिष्टाचार भेट भएको छ

Read More »