kites

राष्ट्रियसभाका उपाध्यक्ष घिमिरे र मलेसियाका सिनेट उपाध्यक्षबीच भेटवार्ता

काठमाडौँ : राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे र मलेसियाको उपल्लो सदन सिनेटका उपाध्यक्ष दतुक नुर याजलान बिन तान सेरी मोहम्मदबीच आज क्वालालम्पुरमा शिष्टाचार भेट भएको छ । उपाध्यक्ष घिमिरे र मलेसियाको उपल्लो सदन सिनेटका उपाध्यक्ष मोहम्मदबीच क्वालालम्पुरस्थित संसद् भवनमा भेटवार्ता भएको हो । शिष्टाचार भेटका क्रममा उपाध्यक्ष घिमिरेले दुई देशबीच आगामी दिनमा संसदीय सहकार्य र अनुभव आदनप्रदान बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले मलेसियामा रहेका नेपाली आप्रवासी कामदारको समस्या समाधान गर्न मलेसियाली अधिकारीले प्रदान गरेको सहयोगका लागि आभार प्रकट गर्दै आगामी दिनमा पनि मलेसियाली अधिकारीले नेपाली कामदारको सुरक्षा र हितका लागि आफ्नो बहुमूल्य सहयोग जारी राख्नेछन भन्ने विश्वास ब्यक्त गर्नुभयो । “नेपाली कामदारले दुवै देशको आर्थिक वृद्धि र विकासमा योगदान पु¥याइरहेका छन्”, उहाँले भन्नुभयो, “दुई सरकारबीच कामदार भर्ना, रोजगारी र स्वदेश फिर्तासम्बन्धी समझदारी पत्र नवीकरणका लागि परिमार्जित मस्यौदा मलेसियालाई जानकारी गराइएको छ ।

नवीकरणको प्रक्रिया छिट्टै सम्पन्न हुनेमा हामी आशावादी छौँ ।” मलेसियामा गौतमबुद्धका अनुयायी ठूलो सङ्ख्यामा रहेको उल्लेख गर्दै उपाध्यक्ष घिमिरेले लुम्बिनी तिलौराकोटजस्ता बौद्ध धर्मसँग सम्बन्धित धार्मिक स्थलमा मलेसियाबाट ठूलो सङ्ख्यामा पर्यटक लैजाने सम्भावना भएको बताउनुभयो । उहाँले क्वालालम्पुर–भैरहवा सिधा हवाई उडान हुन सकेमा मलेसियाका मात्रै नभई छिमेकी बर्मा, कम्बोडिया, थाइल्याण्ड, लाओसका बौद्धमार्गीसमेत लाभान्वित हुन सक्ने भएकाले सिधा हवाई उडानका लागि पहल गर्न आग्रह पनि गर्नुभयो । शिष्टाचार भेटका क्रममा मलेसियाको उपल्लो सदन सिनेटका उपाध्यक्ष मोहम्मदले नेपाली कामदारले मलेसियाको आर्थिक विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै कामदारको सुरक्षा र हितका लागि मलेसिया सरकारले सधै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले दुवै देशका संसद्को सहकार्य बढाउनका लागि संसदीय मैत्री समूह गठन गरेर अगाडि बढ्न सकिने धारणा राख्नुभएको थियो । उपाध्यक्ष घिमिरे मलेसिया सरकारको निमन्त्रणामा वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासको सात दिने अध्ययन तथा अवालेकन भ्रमणका लागि १३ संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर मलेसिया जानुभएको हो । भ्रमणका क्रममा प्रतिनिधिमण्डलले सोमबार मलेसियाको संसद्को स्थलगत अवलोकन गरेको छ भने आइतबार क्लालालम्पुरस्थित नेपाली दूतावासमा नेपाली श्रमिकका समस्याका बारेमा छलफल तथा जानकारी लिएको थियो । मलेसियामा हाल पाँच लाखभन्दा बढी नेपाली कामदार रहेका छन् ।

प्रधानमन्त्री बन्ने दौडमा बीओसीका पूर्व गभर्नर मार्क कार्ने

क्यानडा । क्यानडाको केन्द्रीय बैंक ‘बैंक अफ क्यानडा’ (बीओसी)का पूर्व प्रमुख मार्क कार्ने औपचारिक रूपमै प्रधानमन्त्री जष्टिन ट्रुडोलाई विस्थापित गर्ने दौडमा होमिएका छन् । कार्नेले

Read More »

ट्रम्पको शपथग्रहण समारोहमा चीनबाट उपराष्ट्रपति सहभागी हुने

बेइजिङ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहमा भाग लिन चीनले उपराष्ट्रपति हान झेङलाई पठाउने शुक्रबार जानकारी गराएको छ ।  गत नोभेम्बरमा दोस्रो

Read More »

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ : स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला रू एक हजार तीन सय र चाँदी रु ५० ले बढेको छ ।

Read More »

पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत

बागमती : बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कूल बजेटको करिब १६ दशमलव २७

Read More »

विपक्षी दलको बैठक बस्दै

काठमाडौँ : आज विपक्षी दलको बैठक बस्दै छ। बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको कार्यालय

Read More »