kites

रवि लामिछानेलाई बयानको लागि चितवन लगियो

चितवन । सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ । उनलाई बुद्ध एयरमार्फत चितवन लगिएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए । सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मङ्सिर ५ गते पूरक जाहेरी दर्ता भएकाे थियाे । यसबारे अनुसन्धानकको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन लगिएको हो ।

सहारा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र रामबहादुर खनाललाई दुई दिन लगाएर बयान लिइएको थियो । उनीहरूलाई आइतबार चितवन ल्याएर हिजो बयान लिइएकाे थियो । लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा हिजो बयान सकिएको थियो । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार लामिछानेसँग ७४ वटा प्रश्न सोधिएको छ । स्वर्णलक्ष्मीबाट लिएको ऋण, फिर्ता रकम र फिर्ता हुन नसकेको रकमबारे उनलाई प्रश्न गरिएको थियो ।

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ : स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला रू एक हजार तीन सय र चाँदी रु ५० ले बढेको छ ।

Read More »

पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत

बागमती : बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कूल बजेटको करिब १६ दशमलव २७

Read More »

विपक्षी दलको बैठक बस्दै

काठमाडौँ : आज विपक्षी दलको बैठक बस्दै छ। बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको कार्यालय

Read More »

प्रचण्डको चेतावनीः जनताको अधिकार खोस्न खोजियो भने देश राजनीतिक खतरामा जानसक्छ

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले संविधान, लोकतन्त्र, समावेशी र समानताका अधिकार खोस्न खोजेको खण्डमा देश

Read More »

बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा जोडिएका बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । आफू गैरकानुनी रुपमा

Read More »