kites

तमिलनाडुमा चक्रवातका कारण पहिरो, पाँच जनाको शव भेटियो

नयाँ दिल्ली । भारतको तमिलनाडुमा चक्रवाती तूफान फङ्गलका कारण गएको पहिरो फसेका पाँच जनाका शव भेटिएको छ । राज्यको तिरुवन्नमलाईमा पहिरोमा परेर पुरिएका सातमध्ये पाँच जनाको शव निकालिएको छ । २४ घण्टासम्म चलेको उद्धार कार्यपछि सोमबार ५ जनाको शव निकालिएको हो ।

प्रदेशका उपमुख्यमन्त्री उदयनिधि स्टालिनले घटनास्थलमा पुगेर बाँकी व्यक्तिको शव उद्धारका लागि उद्धार टोली खटिरहेको बताए । मुख्यमन्त्री स्टालिनले घटनामा ज्यान गुमाएकाका परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिन निर्देशन दिएका छन् । चक्रवाती तूफान फङ्गलले तिरुवन्नमलाईमा भारी वर्षा गराएको थियो । वर्षाका कारण डिसेम्बर १ मा वीयूसी नगर क्षेत्रको अन्नामलाईयार पहाडमा पहिरो खसेको थियो । यस दुर्घटनामा दुई घरमा क्षति पुगेको छ ।

ट्रम्पको शपथग्रहण समारोहमा चीनबाट उपराष्ट्रपति सहभागी हुने

बेइजिङ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहमा भाग लिन चीनले उपराष्ट्रपति हान झेङलाई पठाउने शुक्रबार जानकारी गराएको छ ।  गत नोभेम्बरमा दोस्रो

Read More »

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ : स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला रू एक हजार तीन सय र चाँदी रु ५० ले बढेको छ ।

Read More »

पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत

बागमती : बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कूल बजेटको करिब १६ दशमलव २७

Read More »

विपक्षी दलको बैठक बस्दै

काठमाडौँ : आज विपक्षी दलको बैठक बस्दै छ। बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको कार्यालय

Read More »

प्रचण्डको चेतावनीः जनताको अधिकार खोस्न खोजियो भने देश राजनीतिक खतरामा जानसक्छ

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले संविधान, लोकतन्त्र, समावेशी र समानताका अधिकार खोस्न खोजेको खण्डमा देश

Read More »