‘अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार संरक्षण गर्नुपर्छ ’ : अध्यक्ष नेपाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना दिँदै उहाँले उनीहरूको संवैधानिक अधिकार संरक्षण गर्दै राज्यका हरेक निकायमा प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्दछ भन्नुभयो । लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा सबै समुदायका अधिकार संरक्षण गर्नुपर्ने जनाउँदै उहाँले समाजमा विद्यमान सबै प्रकारका विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता, सम्मानपूर्ण जीवनयापनलगायत नागरिक अधिकार व्यवस्थापन राज्यको दायित्व भएको उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले सार्वजनिकस्थल तथा कार्यस्थलमा अपाङ्गतामैत्री वातावरण निर्माण गरी उनीहरूलाई सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि कानुनी र सामाजिक सुधारको खाँचो औँल्याउँदै उहाँले त्यसका लागि राजनीतिक दलहरू र नागरिक समाजको सहयोग आवश्यक रहेको शुभकामनामा उल्लेख गरिएको छ । यसवर्ष ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारा तय गरिएको छभने नेपालमा राष्ट्रिय जनगणनाअनुसार दुई दशमलव दुई प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् ।

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगप्रति जनविश्वास प्रबल रहेको बताउनुभएको छ । आयोगको हीरक जयन्तीका अवसरमा आज यहाँ आयोजित

Read More »

अर्घाखाँचीमा श्रीमतीद्वारा  श्रीमानको हत्या

टवल । असार १ अर्घाखाँचीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर–३, शिखरकी २७ वर्षीय मेखमाया कुमालले  श्रीमान् ३८ वर्षीय

Read More »

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

काठमाडौँ, १ असार । सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग बेग्लाबेग्लै

Read More »

सुनको मूल्य निरन्तर बढ्दो

काठमाडौँ, १ असार । गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा रु ४००

Read More »

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

म्याग्दी, १ असार । सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन सेवा विस्तार गरेको छ । टेलिकमले धवलागिरि

Read More »

अमेरिकामा महिला सांसद र उनका श्रीमानको गोली हानी हत्या

अमेरिका, १ असार । मिनेसोटाका डेमोक्रेटिक सांसदलाई उनको घरमा गोली हानी हत्या गरिएको छ । शनिबार डेमोक्रेटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कको

Read More »