kites

नेपाल–चीन बिच भैँसीको मासु निर्यातदेखि चिनियाँ भाषा शिक्षकसम्मको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र चीनबिच विभिन्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा विभिन्न समझदारी पत्रमा हस्ताक्षर भएको हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भैँसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको छ । यो हस्ताक्षरपछि चीनले नेपालबाट मासु आयात हुने बाटो खुलेको छ । यसअघि तत्कालीन प्रधानमन्त्री प्रचण्ड चीन गएको बेला चीनले नेपालबाट भैँसीको मासु आयात गर्ने समझदारी गरेको थियो । नेपालले सबै मापदण्ड पुरा गरेपछि अब चीनले नेपालबाट भैँसीको मासु आयात गर्ने भएको हो । भ्रमण दलमा रहेका परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार नेपाल–चीन व्यापार अभिवृद्धि सम्बन्धी सम्झदारीपत्रमा पनि दुवै पक्षको बिचमा हस्ताक्षर भएको हो ।

२०७२ सालको भूकम्पमा भत्किएको वसन्तपुरको नौ तल्लो दरबारको पुनर्संरचना चीनले गरेको छ र नेपाल सरकारलाई हस्तान्तरण पनि गरिसकेको छ । त्यसको प्रमाणपत्र पनि अदानप्रदान गरिएको छ । टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरी पत्र आदानप्रदान गरिएको छ । त्यसैगरी विभिन्न विकास योजनासम्बन्धी समझदारी पत्रमा समेत हस्ताक्षर भएको छ । नेपालका विभिन्न विद्यालयमा चिनियाँ शिक्षक स्वंयसेवीले चिनियाँ भाषा पढाउने विषयमा पनि दुई देश बिच समझदारी भएको छ । आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनुको साथै नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बिच (सीएमजी) बिच सञ्चार प्रविधिबारे सम्झौतापत्रमा हस्ताक्षर भएको स्रोतले दाबी गरेको छ ।

यस्ता छन् सहमतिहरू :

  • टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान
  • नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र
  • नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान
  • फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल
  • विकास योजना सम्बन्धी समझदारी पत्र
  • आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र
  • नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान
  • स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र
  • नेपाल टेलिभिजन  र चाइना मिडिया ग्रुप बिच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लीले ग्रेट हल अफ पिपलमा स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरू पनि सहभागी थिए । त्यसपछि दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता र त्यसपछि हस्ताक्षर समारोह भएको थियो । प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी जिनपिङबिच आजै भेटवार्ता हुने बताइएको छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल हिजो सोमबार चीनको औपचारिक भ्रमणका लागि बेइजिङ पुगेको हो । भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सङ्घीय सांसदहरू, मुख्य सचिवसहित विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत छन् ।

ट्रम्पको शपथग्रहण समारोहमा चीनबाट उपराष्ट्रपति सहभागी हुने

बेइजिङ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहमा भाग लिन चीनले उपराष्ट्रपति हान झेङलाई पठाउने शुक्रबार जानकारी गराएको छ ।  गत नोभेम्बरमा दोस्रो

Read More »

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ : स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला रू एक हजार तीन सय र चाँदी रु ५० ले बढेको छ ।

Read More »

पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत

बागमती : बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कूल बजेटको करिब १६ दशमलव २७

Read More »

विपक्षी दलको बैठक बस्दै

काठमाडौँ : आज विपक्षी दलको बैठक बस्दै छ। बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको कार्यालय

Read More »

प्रचण्डको चेतावनीः जनताको अधिकार खोस्न खोजियो भने देश राजनीतिक खतरामा जानसक्छ

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले संविधान, लोकतन्त्र, समावेशी र समानताका अधिकार खोस्न खोजेको खण्डमा देश

Read More »