गभर्नरको आशाले उचालियो सेयर बजार, ३७ अंकले बढ्दा ८२ अंकको उतारचढाव

काठमाडौँ । यो साता सेयर बजार परिसूचक बढेको छ । साता कारोबार भएका पाँच दिनमध्ये सातामा ३ दिन घटेको सेयर बजार बुधबारको उच्च सुधारका कारण बढेको अवस्थामा रहन सकेको हो । यसमध्ये आइतबार ३.४४ अंकले बजार घटेको थियो । सोमबार ९.९८ घटेको बजार मंगलबार १.०३ अंक र बुधबार ६२.२५ अंकले बढेको बजार अन्तिम दिन बिहीबार १२.०४ अंकले घटेको थियो । पछिल्लो तीन सातादेखि बजार परिसूचक नकारात्मक अवस्थामा रहँदै आएको थियो । तर, नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति हुने भनिएसँगै बुधबार बजारले छलाङ मारेको थियो । तर, राजनीतिक अन्यौलताबिच गभर्नर नियुक्ति प्रक्रिया लम्बिँदा अन्तिम दिन बजार घट्न पुगेको हो ।

बजार घटे पनि कारोबार रकमले भने राम्रो संकेत गरेको छ । पछिल्लो दुई दिन १० अर्बभन्दा धेरै कारोबार भएको परिसूचक सातामा ५५ खर्ब ६६ करोड रुपैयाँ बराबर पुगेको थियो । यो साता बजारमा ४ लाख ९९ हजार पटक कारोबार हुँदा १२ करोड ६६ लाख कित्ता कारोबार भएको नेप्सेले जनाएको छ । यो साता सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पनि ल्याएको छ । यद्यपि नीति तथा कार्यक्रमले बजार परिसूचक तटस्थ देखिएको छ । यद्यपि नीति तथा कार्यक्रमलाई शेयर लगानीकर्ताहरू बजारमैत्री नै रहेको बताउँदै आएका छन् ।

यो साता बजारको वृद्धिदर धेरै नभए पनि उतार चढाव भने उच्च देखिएको छ । सातामा बजार परिसूचक न्यूनतम २६८७.३८ अंकमा पुगेको छ भने न्यूनतम २६०४.७९ अंकसम्म झरेको देखिएको छ, जुन ८२.५९ अंकको फरक हो । यो साता १३ वटा समूहका सूचकमध्ये दुई सूचक घट्दा बाँकी बढेको छ । यसमध्ये फाइनान्स समूह ६.१३ प्रतिशतले बढ्दा हाइड्रोपावर ४.४७ प्रतिशत, निर्जीवन बिमा ३.३८ प्रतिशत र जीवन बिमा २.१९ प्रतिशतले बढेको देखिन्छ ।

त्यस्तै बैंकिङ, होटल, उत्पादन तथा प्रशोधनमूलक उद्योग र माइक्रोफाइनान्स समूहमा पनि १ प्रतिशत भन्दा धेरै वृद्धि देखिएको छ । विकास बैंक र म्युचुअल फण्ड ०.५९ प्रतिशतले बढ्दा लगानी तथा अन्य समूहको परिसूचक घटेको देखिएको हो । पछिल्लो दिनको क्यान्डलको विश्लेषण गर्दा अहिलेको अवस्थाले अल्पकालीन रिभर्सल वा बाउन्सको संकेत गर्छ । तर, रातो क्यान्डलका कारण खरिदकर्ताको कमजोर बनेको देखिन्छ । अहिलेको अवस्थामा २६८० देखि २७०० लाई पहिलो अवरोध लेबल तथा २५८० खेखि २६०० लाई पहिलो टेवा विन्दु देखाएको छ । यो तहभन्दा माथि बजार जाँदा बुलिस ट्रेन्डमा जाने । यो तहभन्दा तल झर्दा बियरिस ट्रेन्डमा जाने संकेत देखिन्छ ।

वामदेव गौतमले राष्ट्रियसभाबाट राजीनामा दिने, बर्दियाबाट चुनाव लड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिने भएका छन् । राष्ट्रियसभा सदस्य भएर प्रतिनिधिसभाको

Read More »

गगन थापाको नेतृत्वलाई स्वीकार गरेर कांग्रेस अघि बढ्नुको विकल्प छैन : सुनिल शर्मा

काठमाडाैँ ।  नेपाली कांग्रेसका नेता नेता डा.सुनिल शर्माले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई स्वीकार गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित

Read More »

कांग्रेस संस्थापन पक्षले कानुनी उपचार खोज्ने

पाटन (ललितपुर), ३ माघ। शेरबहादुर देउवाको नेतृत्वको नेपाली कांग्रेसल यही माघ २ गते निर्वाचन आयोगले गरेको निर्णयका विरुद्ध कानुनी उपचार खोज्ने भएको छ । आज

Read More »

कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँ : सभापति थापा

काठमाडौँ, ३ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताउनुभएको छ । नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई

Read More »

छतबाट खसेर वृद्धाको मृत्यु

बाजुरा, ३ माघ । बडीमालिका नगरपालिकामा एक जनाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही

Read More »

नेकपाले झापा–५ मा रञ्जित तामाङलाई उम्मेदवार बनाउने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ । नेकपा निकट विद्यार्थी सङ्गठन अखिल

Read More »