जातीय पोशाकबाट आम्दानी

कैलाली, २ साउन । वनस्पति अनुसन्धान केन्द्र कैलालीअन्तर्गत रहेको देवहरिया वनस्पति उद्यानमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । प्राकृतिक हराभरा, तालतलैया, विभिन्न प्रजातिका जडीबुटीको उत्पादनलगायत मनोरमणीय दृष्ट्रिकोणले उक्त उद्यान निकै प्रख्यात मानिन्छ । उद्यानमा घुमघाम, रमाइलोका लागि दिनहुँ ठूलो सङ्ख्यामा पर्यटक आउने गर्दछन् । प्रायः गरेर यहाँका विभिन्न जातीय पहिचान झल्कने पोशाक लगाएर तस्वीर लिने पर्यटकको रोजाइमा पर्ने गर्दछ । उद्यानमा सोही पोशाक लगाएर फोटो खिचाउने पर्यटकबाट लिने शुल्कबाट स्थानीय रञ्जिता चौधरीले आम्दानी गर्दै आउनुभएको छ ।

चौधरीको पसलमा राना थारु, डगौँरा थारु, नेवार, ठकुरी, क्षेत्री, मगर, शेर्पा, तामाङलगायत करिब ३० जातिका विभिन्न संस्कृति झल्किले पोशाक फोटो खिच्नका लागि उपलब्ध छन् । वनस्पति उद्यानमा फोटो खिचाएको उहाँले प्रति घण्टाको रु १०० शुल्क लिने गर्नुभएको छ । एक घण्टाको रु १०० र समय थपसँगै शुल्क पनि थप लिने गरेको छु”, उहाँले भन्नुभयो, “त्यसबाट महिनाको सबै खर्च कटाएर रु ३० हजार जति बचत हुने गरेको छ, सरकारी बिदा अर्थात् चाडपर्वका बेला अझै बढी कमाइ हुने गर्दछ ।” उहाँलाई जातीय पोशाक सिलाउनमा रु चार लाख जति लगानी लागेको छ ।

एक जोर पोशाक सिलाउन रु पाँच हजार जति खर्च हुने गरेको उहाँको भनाइ छ । परिवारमा सासू, ससुरा, श्रीमान्, श्रीमती र छोरोछोरी गरी छ जना छन् । छोराछोरीको शिक्षाका साथै परिवारको सम्पूर्ण खर्च सोही व्यवसायले धान्दै आएको उहाँले बताउनुभयो । विगतमा आर्थिक अवस्था निकै नै कमजोर रहेकी चौधरीले अहिले यो व्यवसाय अगाँल्दै आएपछि जीवनस्तरसमेत सुध्रिएको बताउनुभयो । धनगढीको देवरियास्थित वनस्पति उद्यानमा हाल आन्तरिकका साथै बाह्य पर्यटकसमेत आउने गरेका छन् ।

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता

Read More »

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

Read More »