कृषकलाई प्रोत्साहनस्वरुप दूधमा अनुदान

वालिङ (स्याङ्जा), २ साउन । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले दूधमा अनुदान दिएको छ । उत्पादनका आधारमा कृषकलाई प्रोत्साहित गर्न कार्यालयले जिल्लाभित्र सञ्चालनमा रहेर मापदण्ड पूरा गरेका समूह, सहकारीलाई प्रतिलिटर रु पाँच अनुदान उपलब्ध गराएको हो । उत्पादनमा आधारित प्रोत्साहन सहयोगअन्तर्गत मापदण्डअनुसार दैनिक २०० लिटर दूध सङ्कलन गर्ने र वार्षिक २०० दिन दूधको कारोबार गर्ने समूह सहकारीलाई छनोट गरी सहयोग दिइएको भेटेरिनरी तथा पशु विज्ञ केन्द्र स्याङ्जाका प्रमुख रुपेश श्रेष्ठले जानकारी दिनुभयो । कार्यालयले गत आर्थिक वर्ष २०८१/०८२ मा दुई लाख लिटर दूधका लागि रु पाँचका दरले रु १० लाख प्रोत्साहनस्वरुप सहयोग गरेको उहाँले बताउनुभयो । प्रोत्साहन रकम वितरणसम्बन्धी कार्यालयले मापदण्ड पूरा गरेका समूह तथा सहकारीबाट आवेदन माग गरेको थियो ।

त्यसमा तीन वटा समूह र सहकारीले आवेदन दिए पनि मापदण्डका आधारमा दुई वटालाई छनोट गरी प्रोत्साहन रकम उपलब्ध गराइएको उहाँले बताउनुभयो । कार्यालयले भिरकोट नगरपालिकामा अवस्थित भिरकोट दुग्ध उत्पादन सहकारी र आँधीखोला गाउँपालिकामा अवस्थित आँधीखोला कृषि उद्यम सहकारी संस्थामा आबद्ध कृषकलाई प्रोत्साहन उपलब्ध गराएको हो । “प्रोत्साहन रकम दुई चरणमा गरी उपलब्ध गराएका हौँ”, प्रमुख श्रेष्ठले भन्नुभयो, “कृषकलाई अन्य सहयोग तथा अनुदानका कार्यक्रमभन्दा उत्पादनका आधारमा दिइने प्रोत्साहन रकम बढी प्रभावकारी हुने गरेको पाएका छौँ ।” भिरकोट दुग्ध उत्पादक सहकारी संस्थाले कूल रु छ लाख ५० हजार ६५० प्राप्त गरेको छ । सहकारीले एक लाख ३० हजार १३० लिटर दूधका लागि उक्त रकम प्राप्त गरेको हो ।

आँधीखोला कृषिउद्यम सहकारी संस्थाले ६९ हजार ७२० लिटर दूध सङ्कलन गरेको थियो । सङ्कलित उक्त परिमाणको दूधमा रु पाँचका दरले रु तीन लाख ४८ हजार ६०० प्रोत्साहन रकम प्रदान गरिएको उहाँले बताउनुभयो । दुई वटा सहकारीले तोकिएको मापदण्डअनुसार दूध उत्पादन तथा सङ्कलन गरेका हुन् । सङ्कलन भएको दूधको प्रतिलिटर रु पाँचका दरले नौ लाख ९९ हजार २५० प्रोत्साहन सहयोग गरेको हो । प्रोत्साहन सहयोगले उत्पादनमा वृद्धि हुँदै गएकाले प्रोत्साहन सहयोग कार्यक्रमलाई निरन्तरता दिइएको कार्यालयले जनाएको छ । कार्यालयले भकारो सुधार, नयाँ गोठ निर्माण, मिल्क एनालाइजरलगायत यन्त्र तथा उपकरण पनि कृषकलाई अनुदानमा सहयोग गर्दै आएको छ ।

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता

Read More »

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

Read More »