मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छ : मुख्यमन्त्री शाह

अत्तरिया (कैलाली), २ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । मुक्तकमैया महिला विकास मञ्चले आज धनगढीमा आयोजना गरेको २५औँ कमैया मुक्ति दिवस कार्यक्रममा मुख्यमन्त्री शाहले भन्नुभयो, “मुक्तिको घोषणा भए पनि मुक्तकमैयाका थुपै्र समस्या छन् । यसको समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार एकजुट भएर अगाडि बढ्न जरुरी छ ।” प्रदेश सरकारले बनाएको मुक्तकमैया, हलिया र कम्लरी पुनःस्थापना कार्यविधि पूर्ण रुपमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको मुख्यमन्त्री शाहको भनाइ थियो । उहाँले कार्यविधि कार्यान्वयनको पाटो निरन्तर अगाडि बढेको उल्लेख गर्दै कार्यविधि कार्यान्वयन गर्ने सन्दर्भमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मुक्तकमैया, हलिया र कम्लरीको शिक्षा, स्वास्थ्य, रोजगारका लागि प्रदेश सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो । थारू, रानाथारू समुदायका विभिन्न संस्कृति, संस्कार, रीतिरिवाज जगेर्ना गर्न प्रदेश सरकार तत्पर रहेको उहाँको भनाइ थियो । तत्कालीन सरकारले २०५७ साउन २ गते बँधुवा मजदुरका रूपमा जमिनदारको घरमा काम गर्दै आएका कमैयालाई मुक्त भएको घोषणा गरेको थियो । कमैयामुक्ति घोषणाको लामो समय हुँदा पनि अझै केही मुक्तकमैयाको पुनःस्थापना हुन सकेको छैन् । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका गरी अझै दुई हजार ३७५ मुक्तकमैयाको पुनःस्थापना हुन नसकेको मुक्तकमैया महिला विकास मञ्चका कार्यक्रम संयोजक इन्द्र चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा २५ हजार १९५ मुक्तकमैयाको मात्रै पुनःस्थापना भएको छ ।

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता

Read More »

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

Read More »