स्पेन जानेहरूको विवरण उपलब्ध गराउन दूतावासलाई सीआईबीको पत्र

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपालबाट स्पेन जानेहरूको विवरण पठाउन दिल्लीस्थित स्पेनी दूतावासलाई पत्राचार गरेको छ । असार ३१ मा गठित सीआईबीका एसएसपी होबिन्द्र बोगटी नेतृत्वको छानबिन समितिले पत्राचार गरेको हो । समितिले दूतावासलाई भिजिट भिसा लिँदा पेस गरेको कागजात सहितको विवरण मागेको छ ।

स्पेनको सेभिल्लामा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी गराउन भनेर नेपालबाट असम्बन्धितहरूलाई लगेको घटनाबारे सो समितिले छानबिन गरिरहेको छ । समितिमा मानव बेचविखन ब्युरोका एसपी रुगम कुँवर, सीआईबीका डीएसपी हरि बस्नेत र इन्स्पेक्टर शेखर खड्कासहित ६ जना सदस्य छन् ।

स्पेनको सेभिल्लामा असार १६ देखि १९ सम्म आयोजित ‘इन्टरनेशनल कन्फेरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स एफएफडी–४’ मा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली १४ असारमा त्यसतर्फ प्रस्थान गरेका थिए । प्रधानमन्त्री सहभागी कार्यक्रममा फर्जी कागजात बनाएर अन्य व्यक्तिहरू पनि स्पेन गएको र त्यहीँ लुकेको भनेर संसदमा आवाज उठेको थियो । संसदमा त्यसबारे चर्को विरोध भएसँगै गृहमन्त्री रमेश लेखकले छानबिन समिति गठन गरेका हुन् ।

असम्बन्धित व्यक्तिहरूलाई समेत बिचौलियाले कागजात बनाएर दिल्लीस्थित स्पेनी दूतावासबाट भिसा लगाएर त्यसतर्फ पठाइएको आरोप छ । फर्जी डकुमेन्ट बनाएर उड्न लागेको सूचना चुहिएपछि दूतावासको आग्रहमा ५५ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छानबिन समितिका एक जना सदस्यले बताए । ती सदस्य भन्छन्– ‘४९ जना गएको भनिएको छ तर, स्पेनी दूतावासबाट पत्रको जवाफ आएपछि मात्र सङ्ख्या यकिन हुन्छ ।’

कतिपय व्यक्तिहरू गैरसरकारी संस्थाका प्रतिनिधि बनेर त्यहाँ पुगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा स्पेन उडेकाहरूको सूची अध्यागमनबाट लिएर छानबिन समितिले राहदानी विभागलाई उनीहरूको विवरण पठाउन भनेको छ । छानबिन समितिका एक सदस्य भन्छन्, ‘शङ्कास्पदहरूले पासपोर्ट लिँदाको विस्तृत विवरण पठाउन राहदानी विभागलाई पनि पत्राचार गरेका छौँ ।’ स्पेन जानेहरूले आफ्नो कागजात बालुवाटारस्थित बिएलएस सेन्टरमा बुझाएको र त्यहाँबाट सो सेन्टरले दिल्ली पठाएपछि भिसा लागेको थियो ।

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता

Read More »

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

Read More »