महाकाली सामुदायिक वनको घुम्ती कोषले गरिबी घटाउँदै, रोजगारी बढाउँदै

कञ्चनपुर, ३ साउन । कृष्णपुर नगरपालिका–६ बन्जरियास्थित महाकाली सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध सदस्य आर्थिक रूपमा परिपक्व हुन थालेका छन् । सामुदायिक वनले घुम्ती कोष सञ्चालन गरी उपभोक्ताको आयस्तरमा सुधार ल्याउन थालेको हो । सामुदायिक वनअन्तर्गत तीन वटा टोल समिति गठन गरिएका छन् । टोल समितिपिच्छे सामुदायिक घुम्ती कोष सञ्चालन गरिएका छन् । सामुदायिक वनका कार्यालय सहायक वुद्धिबहादुर चौधरीका अनुसार उत्तर बन्जरिया टोल समिति, वसन्तपुर टोल समिति र दक्षिण बन्जरिया टोल समिति गरी तीन वटा टोल समिति छन् । प्रत्येक टोल समितिमा रु १० लाखको घुम्ती कोष सञ्चालित छ । टोल समितिमा आबद्ध उपभोक्तालाई बङ्गुरपालन, बाख्रापालन, कुखुरापालन, पशुपालन, बेमौसमी सागसब्जीखेती, माछापालन र किराना पसल सञ्चालनका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने कार्य हँुदै आएको छ ।

“टोल संयोजकसहित समितिमा सात जना रहने व्यवस्था गरिएको छ”, चौधरीले भन्नुभयो, “समितिले आवश्यकता भएका विपन्न अवस्थाका उपभोक्ताको मागअनुसार ऋण परिचालन गर्दै आएको छ ।” एक जना उपभोक्तालाई एक पटकमा कम्तीमा रु ३५ हजारसम्म ऋण वार्षिक शून्य दशमलव पाँच प्रतिशत ब्याजमा लगानी गरिँदै आएको छ । तीन वटै टोल समितिमा २५४ घरधुरी आबद्ध रहेका छन् । जसमा महिला ५५७ र पुरुष ६०६ जना आबद्ध रहेका छन् । सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीका अनुसार टोल समितिको हिसाबकिताबलाई पारदर्शी र चुस्तदुरुस्त बनाउनका लागि आर्थिक वर्षको अन्त्यमा आर्थिक प्रतिवेदन तयार गरी सार्वजनिक सुनुवाइ गरी अनुमोदन गर्ने गरिन्छ । प्रतिवेदनमा ऋण लगानी भएको रकम, वार्षिक प्राप्त ब्याज र बैंक मौज्दातबारे उल्लेख गरिएको हुन्छ ।

“आर्थिक प्रतिवेदन अनुमोदन गर्न आयोजना गरिने कार्यक्रममा टोल समितिमा आबद्ध उपभोक्ताको आर्थिक अवस्थामा सुधार भए नभएकोबारे छलफल गर्छौं”, उहाँले भन्नुभयो, “ऋणको सही सदुपयोग भए नभएकोबारे विश्लेषण गर्छौं, विपन्नताको अवस्थामा रहेका उपभोक्ताको आर्थिक अवस्थालाई अझै सुधार गर्न के गर्न सकिन्छ त्यसबारे गहन छलफल गरी आगामी वर्षका लागि योजना बनाउँछौँ, लागू गर्छौँ ।” घुम्ती कोष परिचालनका लागि भने सामुदायिक वनले विनियमनै तयार गरी त्यसैअनुरूप रकम परिचालन गर्दै आएको छ । आयआर्जनका कार्यक्रमसँगै वैदेशिक रोजगारीमा जानेलाई र उच्च शिक्षा अध्ययन गर्नेलाई पनि सहुलियत दरमा ऋण उपलब्ध गराउने गरिन्छ । सामुदायिक वनमा आबद्ध उपभोक्ता कोषको रकम ऋणका रूपमा लिएर कुनै न कुनै व्यवसायमा संलग्न रहेका छन् ।

घुम्ती कोषअन्तर्गत एक उपभोक्तालाई निश्चित समयावधिका लागि दिएको ऋण अर्को उपभोक्तालाई दिइने गरिन्छ । कोषबाट ऋण लिएर फूलराम चौधरीले बाख्रापालनको कार्य गर्दै आउनुभएको छ । बाख्रापालन गरी उहाँले वार्षिक रूपमा रु दुई लाख बढी आम्दानी गर्दै आउनुभएको छ । सामुदायिक वनमा आबद्ध भएपछि घुम्ती कोषबाट ऋण लिएर बाख्रापालन गरिएपछि वर्षभरिको घरखर्च सहज रूपमा चल्न थालेको चौधरीले बताउनुभयो । पहिलोपटक लिएको ऋणको रकम बाख्रा बिक्री गरेर चुक्ता गरिसकेको उल्लेख गर्नुहँुदै उहाँले थप ऋण लिएर उन्नत जातका बाख्रा थपेर व्यवसायलाई विस्तार गर्ने सोच रहेको बताउनुभयो । समितिमा आबद्ध बुद्धिराम चौधरीले घुम्तीको कोषबाट लिएको ऋणको रकम परिचालन गरी दश कट्ठा जग्गामा व्यावसायिक रूपमा सागसब्जीखेती थाल्नुभएको छ ।

मौसमी र बेमौसमी सागसब्जीखेती गरी वर्षमा रु पाँच लाख जतिको आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । घुम्ती कोष सञ्चालन गर्नुको उद्देश्यबारे प्रष्ट्याउँदै अध्यक्ष राजवंशी भन्नुहुन्छ, “विपन्नतका अवस्थामा रहेका उपभोक्ताको आर्थिक अवस्थामा सुधार ल्याउनु, लघु उद्यममार्फत उपभोक्तालाई आर्थिक रूपमा सवल बनाउनु र महिलालाई सशक्तीकरण गर्नु रहेको छ, जुन उद्देश्यका लागि घुम्ती कोष गठन गरी सञ्चालन गरेका छौँ, त्यसमा सफल हुँदै गएका छौँ ।” उहाँका अनुसार घुम्ती कोषको अर्को उद्देश्य गरिबी घटाउने र रोजगारीका अवसर सिर्जना गर्ने समेत रहेको छ । सामुदायिक वनले पाँच वर्षअघिदेखि घुम्तीकोष कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

Read More »

३९ लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

Read More »