सञ्चार उद्यमी हेमराज धितालका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । दाङका सञ्चार उद्यमी देवीप्रसाद धिताल ‘हेमराज’ का हत्यारालाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ। हेमराजका भाइ पुष्कर धितालको तर्फबाट रेडियो तुलसीपुरका स्टेसन प्रमुख अर्जुन गरी र प्रेस चौतारीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज गणेश आचार्यले आज गृहमन्त्री लेखकलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

२०६७ साल साउन ६ गते अपराह्न तुलसीपुर–१२, जसपुरमा अज्ञात समूहले गोली हानी हत्या गरेका हेमराज रेडियो तुलसीपुरका अध्यक्षसमेत थिए। ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री लेखकले अपराधीलाई कारबाही गर्नु राज्यको कर्तव्य भएको बताउँदै सञ्चार उद्यमी हेमराजका हत्याराको पहिचान गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिने प्रतिबद्धता जनाए।

‘१५ वर्षसम्म पनि सञ्चार उद्यमीका हत्यारा पत्ता नलाग्नु दुःखद हो,’ गृहमन्त्रीले भने, ‘ढुक्क हुनुस्, घटनालाई गम्भीर रूपमा लिएर तत्काल अनुसन्धान गरी कारबाही गर्न म आईजीपीलाई निर्देशन दिन्छु।’ घटनाको अनुसन्धान हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको भए पनि हालसम्म कुनै ठोस उपलब्धि नआएको मृतक हेमराजका भाइ पुष्कर धितालको गुनासो छ। उनका अनुसार प्रहरी अझैसम्म हत्याराको स्केचसमेत बनाउन सफल भएको छैन।

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

Read More »

३९ लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

Read More »