रसुवा बाढी : करिब २९ करोडको बीमा दाबी

काठमाडौँ । गत असार २३ मा रसुवामा चीनतर्फबाट आएको बाढी पहिरोबाट क्षति पुर्‍याएको भन्दै बीमितहरूले २९ करोडको बीमा दाबी गरेका छन् । बीमा प्राधिकरणका अनुसार शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स,सगरमाथा लुम्बिनी इस्योरेन्ससहित ९ वटा कम्पनीहरूले २८ करोड ९२ लाख रुपैयाँको दाबी गरेका हुन् ।

बीमा प्राधिकरणका अनुसार शिखर इन्स्योरेन्समा १० ओटा दाबी परेका छन् । शिखरमा १६ करोड १२ लाख रुपैयाँको दाबी गरिएको छ । त्यस्तै नेको इन्स्योरेन्समा ३ वटाको ५ करोड १२ लाख रुपैयाँको माग दाबी गरिएको छ ।

सगरमाथा लुम्बिनी इस्योरेन्समा दाबी सङ्ख्या सात छ । माग दाबी रकम ३ करोड ४१ लाख रुपैयाँ छ । त्यस्तै, सानिमा जीआईसी लिमिटेडमा ६ वटा माग दाबी परेको छ । जसमा ७७ लाखको माग दाबी परेको छ ।

अर्को आईजीआई प्रूडेन्सियल इन्स्योरेन्स कम्पनीमा ९ ओटा दाबी परेका छन् । जसमा ७५ लाख ५० हजार रुपैयाँको माग दाबी परेको छ । युनाइटेड अजोड इन्स्योरेन्समा ३ वटा मागदाबी परेका छन् । जसमा ६८ लाख बराबरको माग दाबी रकम छ ।

एनएलजी इन्स्योरेन्समा ६ वटा मागदाबी परेका छन् । जसमा ४७ लाख रुपैयाँ बराबरको माग दाबी परेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ७ वटा माग दाबी परेको छ । जसमा माग दाबी रकम ३१ लाख रहेको बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

कुल ६३ वटा मागदाबीमध्ये सामुन्द्रिक बीमातर्फ हेर्ने हो भने ६ वटा दाबी परेको छ भने इन्जिनियरिङ तथा ठेकदार जोखिमतर्फ ४ वटा, सम्पत्ति बीमातर्फ १० वटा, मोटर बीमा (सार्वजनिक) तर्फ ३२ ओटा, मोटरबीमा निजीतर्फ ११ वटा मागदाबी परेको बीमा प्राधिकरणले जनाएको छ ।  

रसुवामा आएको बाढीले नेपाल–चीन जोड्न पुल बगाएको थियो । जसकारण दुई हप्तादेखि रसुवागढी हुँदै चीनतर्फको व्यापार प्रभावित भएको छ । बाढीले ड्राइपोर्टका साथै सवारी साधन, कन्टेनर समेत बगाउँदा ठुलो क्षति भएको थियो ।

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

Read More »

३९ लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

Read More »