इन्डोनेसियामा पानी जहाजमा आगो लाग्दा ३ जनाको मृत्यु, ५६८ यात्रुको उद्धार

जकार्ता ।  यात्रुहरूलाई लिएर मानाडो जाँदै गरेको इन्डोनेसियाको एक पानी जहाजमा लागेको आगो नियन्त्रणमा लिइएको छ । उद्धार टोलीले उक्त जहाजबाट ५६८ जना यात्रुको उद्धार गरेको छ । तीन यात्रुको मृत्यु भएको छ । आइतबार उत्तरी सुलावेसीको तालिस टापु नजिकै इन्डोनेसियाली जहाजमा आगलागी भएको थियो । यसक्रममा केही यात्रु ज्यान जोगाउन समुद्रमा हाम फालेका थिए । 

आइतबार दिउँसो मानाडोतर्फ जाँदै गरेको केएम बार्सिलोना ५ जहाजमा आगो लागेको मानाडो नौसेना बेसका प्रमुख फर्स्ट एडमिरल फ्र्यान्की पासुना सिहोम्बिङले बताए । जहाज सुलावेसीको तालिस टापु जिल्लाको मेलोङ्गुआन बन्दरगाहभन्दा अगाडि बढेको थियो । अचानक जहाजको पछाडिको भागमा आगो लाग्यो । 

जहाजमा रहेका यात्रुहरूले आफ्नो ज्यान बचाउन समुद्रमा हाम फाल्न थाले । सिहोम्बिङले उद्धार कार्यमा तटरक्षक जहाज, ६ वटा उद्धार जहाज र धेरै डुङ्गाहरू खटाइएको बताएको छ । 

उद्धारकर्ताहरूले धेरै मानिसहरूलाई समुद्रमा निकालेर नजिकैका टापुहरूमा लगेका थिए । स्थानीय माझीहरूले छालहरूमा फसेका लाइफ ज्याकेट लगाएका केही जीवित यात्रीको उद्धार गरे ।

जहाजको पछाडिको भागमा लागेको आगो एक घण्टा भित्र निभाइएको सिहोम्बिङले बताए । जहाजमा २८० यात्रु र १५ चालक दलका सदस्यहरू मात्रै रहेको भनिएको थियो । तर उद्धारकर्ताहरूले ५६८ जनालाई उद्धार गरे ।

गर्भवती महिला सहित तीन जनाको शव निकालिएको छ । खोजी र उद्धार कार्य जारी छ यद्यपि कोही पनि हराएको तत्काल रिपोर्ट आएको छैन । 

सुरुमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका थिए । तर उद्धार एजेन्सीले सोमबार यो सङ्ख्या घटाएर तीनमा झारे । जहाजमा सवार यात्रुहरूको सङ्ख्या सूचीभन्दा फरक हुनु सामान्य भएको तर यसले दुर्घटना निम्त्याउन सक्ने र खोज अनि उद्धार कार्यलाई कठिन बनाउन सक्ने उनको भनाइ थियो ।

आगो लागेको जहाजको क्षमता ६०० जनाको  थियो ।  १७ हजारभन्दा बढी टापुहरू छन् । यहाँ यात्राको सामान्य माध्यम हुन् डुङ्गा । तर प्रायः यिनीहरू दुर्घटनामा परिरहन्छन् । कमजोर सुरक्षा प्रणालीलाई यसको लागि प्रायः दोषी ठहराउने गरिएको छ । 

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

Read More »

३९ लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

Read More »