काठमाडौँ । नेपाली कांग्रेसका ‘सात भाइ’ को बैठक उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री रहेका नेता प्रकाशमान सिंहको निवास चाक्सिबारीमा सुरु भएको छ ।
बैठकमा पूर्व उपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ तथा पूर्व महामन्त्रीहरू कृष्णप्रसाद सिटौला, सिंह र डा.शशांक कोइराला छन् । त्यस्तै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत पनि बैठकमा सहभागी भएको सिंहको सचिवालयले जानकारी दिएको छ । यी सात नेताहरूको बैठक यसअघि श्रेष्ठ र कोइराला निवासमा बसिसकेको छ । आज सिंहले संयोजन गरेर बैठक बोलाएका हुन् ।
महाधिवेशनमा छुट्टै समीकरण गर्ने गरी उनीहरूले बैठक गर्दै आएका छन् । एक नेताका अनुसार उनीहरूले सातै प्रदेशमा महाधिवेशन केन्द्रित अन्तक्रिया गर्ने तयारी गरेका छन् । त्यसको तयारीका लागि बैठक बोलाइएको हो । बैठकमा सात भाइका तर्फबाट महाधिवेशनमा एउटा प्यानल बनाउने विषयमा पनि छलफल हुने बताइएको छ । बैठकमा सात भाइका तर्फबाट महाधिवेशनमा एउटा प्यानल बनाउने विषयमा पनि छलफल हुने बताइएको छ ।










