एमाले केन्द्रीय कमिटी बैठक जारी

काठमाडौँ, ६ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक आज पनि लतिलपुर च्यासलस्थित एमाले मुख्यालयमा बस्दै छ । बैठकमा केन्द्रीय सदस्यहरूले धारणा जारी रहने एमाले पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । पार्टीको सचिवालय र पोलिटव्यूरो बैठकले पारित गरिएको उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि आज पनि केन्द्रीय सदस्यले छलफल गर्नु हुनेछ ।

कोशी, बागमती, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यले उक्त प्रस्तावमाथि आआफ्नो धारणा राख्ने कार्यसूची रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । हिजो प्रतिवेदनमाथि गण्डकी, मधेस, प्रदेश विशेष, सम्पर्क समन्वय कमिटीबाट प्रतिनिधित्व गर्ने ४९ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नुभएको थियो । बैठकमा धारणा राख्नका लागि हरेक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटको समय उपलब्ध गराइएको छ । पार्टी सचिवालय र पोलिटव्यूरोबाहेकका सदस्यले मात्र बैठकमा धारणा राख्न पाउनेछन् । कतिपय केन्द्रीय सदस्यले लिखित रूपमा धारणा बुझाउनुभएको छ । प्रचार विभाग प्रमुख गौतमका अनुसार बैठकपछि समसामयिक प्रस्तावहरूसहितको घोषणापत्र जारी गर्दै आजै बैठक सकिने छ ।

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

Read More »

३९ लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

Read More »