गड्डाचौकी भन्सारबाट निर्यात शून्य

दोधारा चाँदनी (कञ्चनपुर), ७ साउन । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीबाट निर्यात शून्य रहेको छ । कोरोना महामारी अघिसम्म न्यून मात्रामा भए पनि यहाँबाट घ्यू र हातले बनाएका सामग्री निर्यात हुने गरेको थियो । पछिल्ला वर्षमा यो नाका भएर निर्यात हुन छाडेको कञ्चनपुर भन्सार कार्यालयका प्रमुख राजनबाबु काफ्लेले जानकारी दिनुभयो । शारदा ब्यारेजमा १० टनभन्दा बढीको मालबाहक सवारीसाधन आवतजावत गर्न नदिनु, सीमित समयका लागि पुल खोल्नुलगायत कारणले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेको भन्सार कार्यालयमा निर्यात शून्य रहेको उहाँले बताउनुभयो । “कोरोना अघिसम्म थोरै भए पनि निर्यात हुन्थ्यो, अहिले नगन्य मात्रामा छ, शून्य जस्तै छ”, उहाँले भन्नुभयो । प्रमुख काफ्लेले यो नाका सानो भएका कारण आयातबाट समेत लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन सकेको छैन । उहाँले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ८० प्रतिशत मात्रै राजस्व सङ्कलन हुन सकेको बताउनुभयो ।

“गत वर्षको तुलनामा यसवर्ष रु पाँच करोड ७७ लाख राजस्व बढी उठाएका छौँ”, उहाँले भन्नुभयो, “यो भन्सार कार्यालयको राजस्व सङ्कलन गर्ने क्षमता रु ५४ करोड मात्रै हो, भन्सार विभागले हरेक वर्ष राजस्व सङ्कलनको लक्ष्य बढाउँदै जाँदा त्यसअनुसार राजस्व सङ्कलन गर्न सकिँदैन ।” उहाँका अनुसार आर्थिक वर्ष २०८१/८२ मा रु ७४ करोड पाँच लाख ५९ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु ५९ करोड ७७ लाख ५८ हजार मात्रै राजस्व असुल भएको छ । “शारदा ब्यारेज पुरानो र जीर्ण भएका कारण एकतर्फी तथा सीमित समयका लागि खुल्ने गर्छ र एक चोटीमा १० टनभन्दा बढी सामान ल्याउन दिँदैन ।” भन्सार प्रमुख काफ्लेले भन्नुभयो, “यहाँबाट व्यापारीले सिधँै मालबाहक सवारी साधन ल्याउन सक्दैनन्, जसका कारण ठाउँठाउँमा लोड अनलोडमा लागत बढ्छ, यसले गर्दा पनि अन्य यो नाकाबाट ठूलो मात्रामा आयात हुँदैन ।” प्रमुख काफ्लेका अनुसार राजस्व विभागले पनि कुनै अध्ययनबिना हरेक वर्ष लक्ष्य मात्रै बढाउने गरेका कारण पनि लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको हो । उहाँका अनुसार कञ्चनपुर भन्सार कार्यालयलाई आर्थिक वर्ष २०७८/७९ मा रु ५२ करोड राजस्व सङ्कलनको लक्ष्य राखेकामा रु ४६ करोड मात्रै राजस्व सङ्कलन भएको थियो ।

त्यसैगरि आर्थिक वर्ष २०७९/८० मा रु ५८ करोड राजस्व सङ्कलनको लक्ष्य राखेकामा रु ४२ करोड मात्रै राजस्व सङ्कलन भएको थियो । सुदूरपश्चिममा व्यापारिक नाका नै नभएका कारण यहाँ राजस्व सङ्कलन हुन नसकेको यहाँका व्यवसायी बताउँछन् । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य जङ्गबहादुर मल्लले सरकारले हरेक वर्ष राजस्व सङ्कलन गर्ने लक्ष्य मात्रै बढाउने गरेका कारण राजस्व सङ्कलनमा कमी आएको बताउनुभयो । “सुदूरपश्चिममा व्यापारिक नाका छैन, पश्चिमी नाका गड्डाचौकी सानो नाका हो, शारदा ब्यारेज सीमित समयका लागि मात्रै खुल्छ ठूलो मात्रामा व्यवसायीको सामान आउँदैन”, उहाँले भन्नुभयो, “अहिले व्यापार व्यवसायमा कमी आएको छ, सरकारले राजस्व सङ्कलनको लक्ष्य बढाएका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन हुनसक्दैन ।” उहाँले सरकारले नाकामा हुने चोरी तस्करी नियन्त्रण गर्न सके राजस्व सङ्कलनमा वृद्धि हुने बताउनुभयो । भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा चोरी तस्करीका एक हजार दुई सय ७६ मुद्दा दर्ता गरेको छ ।

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

Read More »

३९ लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

Read More »