स्याङ्जामा ऐतिहासिक महत्वका चौतारो संरक्षण

वालिङ (स्याङ्जा), ८ साउन । स्याङ्जामा गत आर्थिक वर्ष २०८१/ ८२ मा तीन हजार ६५३ मिटर पदमार्ग निर्माण भएको छ । गण्डकी प्रदेशबाट विनियोजन भई पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाबाट कार्यान्वयन आएका स्याङ्जाका नौ वटा योजनामा तीन हजार ६५३ मिटर पदमार्ग निर्माण भएको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायणप्रसाद ढकालले बताउनुभयो । जिल्लाका विभिन्न भागमा पदमार्गकामात्रै नौ योजना निर्माण भएका हुन् । “जिल्लाका धार्मिक, ऐतिहासिक, पुरातात्विक, पर्यटकीय महत्वका स्थलसम्म पुग्नकालागि सहज पहुँच मार्ग निर्माण गर्ने गरी कार्यान्वयन भएका नौ वटा पदमार्गका मात्रै थिए” उहाँले भन्नुभयो, “विनियोजित बजेटका आधारमा लागतका आधारमा साढे तीन किमी बढी पदमार्ग निर्माण भएको हो ।”

कूल असी लाख ९९ हजार ९८३ को लागतमा पदमार्ग, फलाम तथा स्टिलको रेलिङ र चौतारा निर्माण गरिएको हो । नौ वटा योजनाहरुमध्ये कङ्क्रिट ढलान पदमार्ग दुई हजार ४६७ मिटर, छपनी ढुङ्गा लगाएको पदमार्ग एक हजार ८०३ मिटर र सुख्खा छपनी ढुङ्गाको पदमार्ग एक हजार सात मिटर रहेको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका ईञ्जिनीयर फणिन्द्रकुमार रौनियारले बताउनुभयो । स्याङ्जामा गण्डकी प्रदेशमार्फत रकम विनियोजन भई पर्यटन तथा उद्योग कार्यालयबाट कार्यान्वयनमा आएका योजनामा पुतलीबजार–८ को कैलाश गुफा जाने पदमार्ग, आँधीखोला –६ मा निर्मित देउराली बिसौना हुँदै फापरथुम जाने पदमार्ग, आँधीखोला–३ मा ठुलो छहरा पर्यटकीय पूर्वाधार निर्माण, फेदीखोला–२ मा कमेरेखोला खहरे नुवाकोट पदमार्ग, अर्जुनचौपारी –१ मा जलबराह पञ्चकन्या ग्रामीण पर्यटकीय पूर्वाधार रहेका छन् ।

त्यस्तैगरी चापाकोट नगरपालिका–४ मल्याङकोट मन्दिर जाने पदमार्ग, वालिङ–९ र ११ जोड्ने सुर्कौदीदेखि पेखुसम्म पर्यटकीय पदमार्ग, गल्याङ–११ निमाघाट पदमार्ग निर्माण र कालीगण्डकी गाउँपालिका–३ र ४ जोड्ने फुस्रेखोला चण्डीथान बैघागाउँ पदमार्ग रहेका छन् । धार्मिक, ऐतिहासिक, पर्यटकीय महत्वका स्थलसम्म पुग्नकालागि पदमार्ग निर्माणसँगै सहज भएको ईञ्जिनीयर रौनियार बताउनुहुन्छ । गण्डकी प्रदेशबाट स्याङ्जामा गत आर्थिक वर्ष २०८१÷८२ मा कूल ३० वटा योजना कार्यान्वयनमा रहेका थिए । जसमध्ये २९ वटा योजना निर्माण सम्पन्न भएका छन् भने एउटा योजना निर्माण नभएपछि बजेट फिर्ता भएको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाले जनाएको छ ।

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

Read More »

३९ लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

Read More »