मानब बेचबिखनमा संलग्न दुई जना पक्राउ

काठमाडौँ, ९ साउन । भारतमा आकर्षक तलबको लोभ देखाएर मानव बेचबिखनमा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौँका अनुसार यसरी पक्राउ पर्नेमा सिन्धुलीका २४ वर्षीय राजकुमार अच्छामी र सिन्धुपाल्चोकका ४५ वर्षीय रेशमबहादुर खत्री छन् । उनीहरुलाई अदालतमा पेस गरिएकामा अदालतको आदेशले पाँच दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिवादी राजकुमार अच्छामीसमेतका व्यक्तिले जाहेरवालालाई भारतमा चालकको काममा लगाइदिने र खाना बस्नबाहेक नै मासिक तलब ३५ हजार भारु तथा ओभरटाइमसमेत हुन्छ भनी प्रलोभनमा पारेर भारत लगी बन्धक बनाएर बेचबिखन गरेका खुलेको छ ।

अनुसन्धानमा पीडितलाई राजकुमारले गएको वैशाख १९ गते काठमाडौँ बल्खुबाट पर्सा वीरगञ्ज पु¥याई रेशमबहादुरलाई हस्तान्तरण गरेका थिए । त्यहाँबाट उनले अटोरिक्सामा राखी भारतको रक्सौल हुँदै पटना पु¥याएको पाइएको छ । पटनास्थित पुनपुन अजय स्टेशनमा रहेको वेल स्टार डाइनामिक कम्पनीमा प्रतिव्यक्ति रु १० हजार तिर्न लगाइ सात दिनसम्म तालिमका नाममा बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिएको अनुसन्धानका क्रमा खुलेको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पटनामा अन्य मानिसलाई फेसबुकमा इन्भाइट गर्न लगाई जाहेरवालालगायत अन्य पीडितलाई उक्त ठाउँमा घर परिवारसँग सम्पर्क तथा खान बस्न नदिइ डर, त्रास, धाकधम्की दिई फेसबुक मेसेन्जरमा अन्य मानिसहरुसँग नयाँ आइडी बनाई कुरा गर्न लगाएका थिए ।” विभिन्न प्रलोभनमा पारी भारत बोलाई मोबाइलबाट अनलाइन स्क्यामिङका काम गर्न बाध्य बनाएका पाइएको प्रहरी उपरीक्षक कुँवरले बताउनुभयो ।

दुई लाख बराबरको रकम लिई सो रकमको कपडा किन्न लगाई जबरजस्ती कागजसमेत गरी करिब थप दुई महिनासम्म बन्धक बनाएका पाइएको छ । दुई महिनामा पछि पीति उम्किएर साउन १ गते नेपाल आएका र ब्युरोमा मानव बेचबिखन तथा ओसारपसारअन्तर्गत मानव तस्करी कसुरमा जाहेरी दर्ता गरेका थिए । जाहेरीको अनुसन्धान गरी साउन ५ गते मुद्दा दर्ता गरिएका उनीहरुको खोजतलासका क्रममा राजकुमार अच्छामीलाई काठमाडौँको बल्खुबाट र रेशमबहादुर खत्रीलाई पर्सा पक्राउ गरिएको कुँवरले बताउनुभयो । आवश्यक कानुनी प्रक्रिया पूरा गरी काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा उनीहलाई पाँच दिनको म्याद थप भई अनुसन्धान चलिरहेको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिनुभयो ।

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

Read More »

३९ लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

Read More »