पर्वतीय पर्यटनको दिगो विकासका लागि एनएमएमा गुरुङको उम्मेदवारी

काठमाडौँ, ९ साउन । नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को अध्यक्षमा वरिष्ठ पर्यटन व्यवसायी कुलबहादुर गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको छ । पर्वतीय पर्यटनको दिगो विकासका लागि एनएमएमा आफूले उम्मेदवारी दिने उहाँले बताउनुभयो । नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घले आज यहाँ आयोजना गरेको ‘पर्यटन व्यवसायी तथा सदस्यबीचको छलफल’मा आगामी भदौ ७ गते हुन लागेको निर्वाचनमा लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घको तर्फबाट सर्वसम्मत रूपमा अध्यक्ष पदमा गुरुङले उम्मेदवारी दिनुभएको हो ।

करिब चार दशकदेखि नेपालको पर्यटन व्यवसायमा सक्रिय गुरुङले नेपालको पर्वतीय पर्यटनलाई अन्तरराष्ट्रियस्तरमा उकास्नका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताउनुभयो । “नेपालको पर्वतीय पर्यटनको दिगो विकास, श्रमिक तथा व्यवसायीको हकहितको संरक्षण र संस्थागत सुधारका लागि मेरो उम्मेदवारी हो । म अनुभव, कार्यदक्षता र साझा नेतृत्वमार्फत एनएमएलाई अझ प्रभावशाली र उत्तरदायी बनाउनेछु”, उहाँले भन्नुभयो । देश तथा विदेशमा नेपालका हिमाली सम्भावनालाई चिनाउने अभियान, पर्वतारोहणको सुरक्षित व्यवस्थापन तथा सम्बन्धित समुदायको सशक्तीकरणमा महत्त्वपूर्ण योगदान पु¥याउने उहाँले बताउनुभयो ।

उम्मेद्वारी घोषणा समारोहमा नेपाली कांग्रेस धादिङका पूर्वसभापति एवम् वरिष्ठ पर्यटन व्यवसायी रमेश धमलाले हिमाल आरोहणका क्षेत्रमा देखिएको समस्या समाधानका लागि लोकतान्त्रिक उम्मेदवारलाई विजयी गराउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो । वरिष्ठ पर्यटन व्यवसायी डा रामशरण थपलियाले एनएमएमा सर्वसम्मत नेतृत्व चयन गर्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घका अध्यक्ष दीपक महत, ट्रेकिङ एजेन्सीज् एसोसियसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा, पूर्वअध्यक्ष खुमबहादुर सुवेदी, निलहरि बाँस्तोला, नेपाल एसोसिसयन टुर्र एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलिया, गुरुङ पर्यटन व्यवसायी सङ्घका पूर्वअध्यक्ष कमला गुरुङलगायतले जलवायु परिवर्तनको असर नेपाली हिमालमा पर्दै गएको भन्दै यसलाई जोगाउन एनएमए र सम्पूर्ण पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।

सर्वसम्मत नेतृत्व चयनका लागि वार्ता समिति गठन एनएमएको आगामी भदौ ७ गते हुन लागेको निर्वाचनमा सर्वसम्मत नेतृत्व स्थापित गर्नका लागि वार्ता समिति गठन गरिएको छ । वरिष्ठ पर्यटन व्यवसायी रमेश धमलाको संयोजकत्वमा गठन भएको उक्त समितिमा डा रामशरण थपलिया, खुमबहादुर सुवेदी, कर्मा शेर्पा र निलहरि बाँस्तोला सदस्य रहनुभएको छ । उक्त समितिले विभिन्न समूहमा रहेका पर्यटन व्यवसायीसँग वार्ता र छलफल गरी सर्वसम्मत नेतृत्व चयनका लागि भूमिका खेल्नेछ ।

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

Read More »

३९ लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

Read More »