धार्मिक सामग्री उत्पादनले आत्मनिर्भर अर्थतन्त्रमा टेवा पुग्छ : मुख्यमन्त्री कार्की

झापा, ९ साउन  । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिककार्यमा प्रयोग हुने सामग्रीको स्वदेशी उत्पादनले आत्मनिर्भर अर्थतन्त्रमा टेवा पुग्ने बताउनुभएको छ । कमल गाउँपालिका–६ स्थित दिव्यदृष्टि भेनेरेसन एण्ड एग्रो कन्सर्न प्रालिको आज निरीक्षण गर्दै उहाँले उक्त धारणा व्यक्त गर्नुभएको हो । उहाँले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको विकासले आयात प्रतिस्थापन र रोजगारीमा योगदान पुर्याउने बताउनुभयो । “आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि धार्मिक उत्पादनमूलक उद्योगले ठूलो टेवा पुर्याउन सक्छ”, उहाँले भन्नुभयो, “यसमा प्रदेश सरकारले सहकार्यको हात अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु ।”

सो अवसरमा दिव्यदृष्टि ब्राण्डका विभिन्न प्रकारका पूजा सामग्री उद्योगमा उत्पादन हुँदै आएको प्रालिका अध्यक्ष विष्णुप्रसाद पोखरेलले मुख्यमन्त्री कार्कीलाई अवगत गराउनुभएको थियो । यहाँ उत्पादित पूजा, हवन आदिमा प्रयोग हुने २४ प्रकारका धार्मिक सामग्री कोशी प्रदेशका सबै जिल्ला र प्रदेश बाहिर काठमाडौँ, चितवन, बुटवल, नेपालगञ्ज र दाङको बजारमा बिक्री हुने गरेको पनि अध्यक्ष पोखरेलले बताउनुभयो । नेपालमा धार्मिककार्यमा प्रयोग हुने अधिकांश सामग्री विगतदेखि भारत र चीनबाट आयात हुने गरेको जनाउँदै अध्यक्ष पोखरेलले दिव्यदृष्टिले यसमा परनिर्भरता हटाउन र स्थानीयलाई रोजगारी दिन महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो ।

उद्योगकी कार्यकारी प्रमुख तथा सञ्चालक बबिता तिम्सिनाले सो अवसरमा उद्योगको स्थापना, उत्पादन प्रक्रिया र व्यावसायिक विस्तारबारे जानकारी गराउनुभएको थियो । उहाँले उद्योगबाट अग्र्यानिक बाटेको मच्छडधुप र पूजाका धुपसमेत उत्पादन गर्दै आएको र ६० भन्दा बढी महिलाले आंशिक रोजगारी तथा १५ जनाले पूर्णकालीन रोजगारी पाएको बताउनुभयो । उद्योगले नवग्रह समिधा, हवन सामग्री, दिव्य समिधा, परिमल, बाटेको धुप, सप्तधान्य, गङ्गाजल, गौँ अर्क, पञ्चरत्न, सर्वोषधि, सप्तमृतिका, तिल, जौँलगायत दुई दर्जनभन्दा बढी पूजा सामग्री उत्पादन गर्दै आएको बताइएको छ । आवश्यक पर्ने कच्चा पदार्थसमेत स्थानीय रूपमै सङ्कलन हुने गरेको र निकट भविष्यमा उत्पादनलाई विदेश निर्यात गर्ने लक्ष्य राखिएको तिम्सिनाले जानकारी दिनुभयो ।

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

Read More »

३९ लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

Read More »