गाजामा जारी नरसंहारविरुद्ध नेपालको स्पष्ट धारणा माग गर्दै प्रधानमन्त्री ओलीलाई पत्र

काठमाडौँ : गाजामा इजरायली आक्रमणबाट जारी नरसंहारमा नेपाल सरकारले कुनै ठोस र स्पष्ट धारणा नदिएको भन्दै विभिन्न ९ जना अधिकारवादीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएका छन्। गाजा क्षेत्रमा इजरायली सरकारद्वारा गरिएको कथित जातीय सफाया र सामूहिक हत्याप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाल सरकारको मौनता नैतिक र कूटनीतिक कमजोरीका रूपमा चित्रित गरिएको पत्रमा उल्लेख छ।

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै नौ जना हस्ताक्षरकर्ताले लेखेका छन्, ‘इतिहासदेखि स्वतन्त्र राष्ट्रका रूपमा रहेको नेपाल असंलग्न राष्ट्रहरूको संस्थापक सदस्य हो। त्यसैले मानवता, शान्ति र न्यायका पक्षमा बोल्न सरकारले हिम्मत देखाउनुपर्छ।’

पत्रमा उल्लेख गरिएअनुसार इजरायली सैन्य कारबाहीबाट अहिलेसम्म ६० हजारभन्दा बढी गाजाबासी मारिएका छन्, जसमध्ये २० हजार बालबालिका छन्। अस्पताल, विद्यालय, धार्मिक स्थलमा आक्रमण, भोकमरी, औषधि र खाद्य अभावजस्ता परिस्थिति उत्पन्न गराउनु इजरायलको रणनीति भएको दाबी गरिएको छ। पत्रमा नेपाल सरकारले आफ्नो नैतिक, ऐतिहासिक र अन्तर्राष्ट्रिय दायित्वअनुसार मानव अधिकार र युद्धविरुद्धको आवाज उठाउनुपर्ने माग गरिएको छ।

पत्रमा भनिएको छ, ‘नेपालका नागरिक समाजले बोलेको होस् वा नबोलेको, सरकारले भने मौन रहन मिल्दैन।’ साथै, सन् १९६० मा इजरायललाई कूटनीतिक मान्यता दिने प्रारम्भिक राष्ट्रमध्ये नेपालसमेत रहेको उल्लेख गर्दै “प्यालेस्टाइनीको सामूहिक हत्या विरुद्ध बोल्न नेपालको नैतिक जिम्मेवारी” भएको पनि औँल्याइएको छ।

साथै, अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि समेत हमासलाई कूटनीतिक दबाब दिनुपर्ने सुझाव पनि पत्रमा दिइएको छ। पत्रमा सही गर्नेहरूमा डा. रेणु अधिकारी, मोहना अन्सारी, कनकमणि दीक्षित, कुलचन्द्र गौतम, चैतन्य मिश्र, विमला राई पौड्याल, विश्व पराजुली, सुशील प्याकुरेल र सूर्यप्रसाद श्रेष्ठ रहेका छन्।

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

Read More »

३९ लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

Read More »