८० प्रतिशत युवाहरुले बिना जागिर महिनाको २ लाख कमाउँछन् : शिक्षामन्त्री पन्त

काठमाडौं, १० साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले काठमाडौंमा बस्ने ८० प्रतिशत युवाहरुले बिना जागिर घरबाटै महिनाको २ लाख भन्दा धेरै कमाउने गरेको दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं महानगरपालिका १५ वडा कमिटीद्वारा एसईई सम्मान बधाई तथा शुभकामना दिँदै अहिलेका युवाहरुले घरमै बसेर विदेशका विभिन्न कम्पनीबाट काम लिई ल्याप्टपबाट काम गरी पठाउँदा नेपालमा वार्षिक १ खर्ब रुपैयाँ आम्दानी भएको बताए ।

उनले यस्ता कामलाई अझै बढी जोड दिए वार्षिक ८ लाखभन्दा बढी कमाउने बताएका छन् । हिजोको दिनमा जस्तो डाक्टर इन्जिनियर नै बन्नुपर्छ भन्ने नभई नयाँ नयाँ रोजगारिको क्षेत्र आएको छ त्यसैलाई सदुपयोग गर्न सक्यो भने पैसा कमाउन सकिने उनले बताए । उनले आमा बुबाले पनि छोरा छोरिको रुचि के छ भन्नु भन्दा पनि मार्गनिर्देशन दिएर अगाडि बढ्न दिनुपर्ने बताए ।

‘अहिले काठमाडौंमा ८० प्रतिशत युवाहरु जसले जागिर खाँदैनन् तरपनि उनीहरुले घर बसिबसि २ लाखभन्दा धेरै कमाउने गरेका छन् । त्यस्को कारण भनेको विदेशका विभिन्न कम्पनीबाट काम लिएर ल्याप्टपबाट काम गरी पठाउने गरेका छन् । यस्तो जागिरबाट नेपालमा वार्षिक १ खर्ब रुपैयाँ आइरहेको छ । यसलाई विकास गर्न सक्यो भने ८ खर्ब सम्म ल्याउन सक्छौँ । त्यसैले तपाँइ हामीले सोचेको भन्दा नयाँ खालको काम गर्नपर्छ । हामी हिजोको जस्तो दिनमा छैन्म डाक्टर इन्जिनियर नै बन्न पर्छ भन्ने छैन नयाँ नयाँ रोजगारिको क्षेत्र आएको छ त्यसलाई सदुपयोग गर्न पर्छ, अनि पैसा कमाउन सकिन्छ । आमा बुबाले पनि छोरा छोरिको रुचि के छ त्यहि बन्न दिने हो मार्गर्निदेशन दिने हो यही बन्नपर्छ भनेर दबाब दिने होइन,’ उनले भने ।

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

Read More »

३९ लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

Read More »