इजरायलले गाजामा हवाई मार्गबाट राहत सामग्री खसाल्न सुरु गर्‍यो

तेल अभिभ । इजरायली सेनाले विमानबाट गाजा पट्टीमा मानवीय सहायता सुरु गरेको छ । धेरै हप्ता देखिको अन्तर्राष्ट्रिय दबाब र प्यालेस्टिनी क्षेत्रमा बढ्दो भोकमरीको समस्या पछि सेनाले यो कदम चालेको हो । हवाईजहाजबाट खसाइएको सहायतामा पीठो, चिनी र डिब्बाबन्द खाद्य वस्तुहरू भएका प्याकेज आदि भएको आइतबार बिहानको एक विज्ञप्तिमा इजरायल रक्षा बल (आईडीएफ) ले भनेको छ । यसअघि इजरायलले संयुक्त राष्ट्रसङ्घ (युएन)का गाडीहरूको लस्करलाई गाजामा प्रवेश गर्न अनुमति दिन मानवीय कोरिडोर खोल्न तयार रहेको बताएको थियो । महिनौँदेखि सीमित आपूर्तिका कारण गाजाका २० लाख मानिसहरू सामूहिक भोकमरीको चपेटामा परेका छन् ।

भोकमरीका कारण केही दिनयता दिनहुँ मानिसको मृत्यु भइरहेको खबर आएको थियो । यसैबिच इजरायलले जानाजानी भोकमरी फैलाउन खोजेको आरोप अस्वीकार गरेको थियो । आफ्नो एउटा पोस्टमा आईडीएफले गाजामा मानवीय सहायता सुधार गर्न नयाँ कदम चाल्ने बारेमा जानकारी दिएको थियो । ‘खाद्य वितरणको जिम्मेवारी संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय सहायता संस्थाहरूको हो । त्यसकारण संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय संस्थाहरूले सहायता वितरणमा सुधार गर्ने र सहायता हमाससम्म नपुगोस् भन्ने कुरा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ’ पोस्टमा भनिएको छ ।

यसलाई किन अपर्याप्त भनियो ? 

सहायता एजेन्सीहरूले इजरायलले गाजामा राहत सामग्री हवाईजहाज मार्फत खसाल्नुलाई ध्यान भड्काउन यसो गरेको आरोप लगाएका छन् । यसले गाजामा बढ्दो भोकमरी सङ्कटलाई समाधान गर्न नसक्ने एजेन्सीहरूले बताएका छन् । राहत सामग्री हवाईजहाज मार्फत खसाल्दा कहिल्यै पनि आवश्यक मात्रा वा गुणस्तरीय सहायता प्रदान गर्न नसकिने अन्तर्राष्ट्रिय उद्धार समितिका किरोन डोनेलीले भने । संयुक्त अरब इमिरेट्स (युएई) र जोर्डनले आगामी दिनहरूमा आफूले गाजा पठाउन खोजेको सहायता हवाईमार्फत खसाल्ने अपेक्षा गरिएको बताएका छन् ।

हजारभन्दा बढी अन्तर्राष्ट्रिय सहायता संस्थाहरू र मानव अधिकार समूहहरूले गाजामा ठुलो मात्रामा अनिकालको चेतावनी दिएका छन् । हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयले शनिबार कुपोषणका कारण थप पाँच जनाको मृत्यु भएको बताएको छ । युद्ध सुरु भएयता खान नपाएर गाजामा मृत्यु हुनेको सङ्ख्या १२७ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ । यसमा ८५ बालबालिका पनि छन् ।

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

Read More »

३९ लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

Read More »