हात्ती प्रजनन केन्द्रमा ३३ वर्षमा ६८ छावा जन्मिए

चितवन, ११ साउन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहामा हालसम्म ६८ वटा छावा जन्मिएका छन् । विसं २०४४ मा भारत, थाइल्याण्ड र मेनमारबाट २० वटा हात्ती ल्याएर केन्द्र सुरु गरिएको थियो । केन्द्रमा ती देशबाट छ वटा भाले र १४ वटा पोथी हात्ती ल्याइएको थियो । विसं २०४९ चैतमा पहिलोपटक यहाँका हात्तीले छावा जन्माएका केन्द्रका प्रमुख मणिपुरण चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसयता हालसम्म ६८ वटा छावा जन्मिएकामा सात वटाको मृत्यु भइसकेको छ । चौधरीले हालसम्म जन्मिएकामध्ये ३९ भाले र २९ वटा पोथी रहेका जनाउँदै हाल चितवन राष्ट्रिय निकुञ्जभित्र ५८ वटा हात्ती रहेका उल्लेख गर्नुभयो । “प्रजनन केन्द्रमा २२ वटा हात्ती छन् ।

तीमध्ये नौ वटा माउ र १३ वटा बच्चामध्ये छ वटालाई तालिम दिएर राखिएको छ । केही दिनमा तिनीहरूलाई पनि पोष्टमा पठाइँदै छ”, उहाँले भन्नुभयो । पछिल्लो समय जन्मिएका सात वटा छावा केन्द्रमा रहेका चौधरीले बताउनुभयो । यहाँ जन्मिएर तालिम दिएपछि निकुञ्ज सुरक्षार्थ विभिन्न ठाउँमा रहेका पोष्टहरूमा पठाउने गरिएको जनाउँदै उहाँले यहाँ जन्मिएका छावाको विभिन्न प्रतिष्ठित व्यक्तिको सम्मानस्वरुप नामाकरण गर्ने गरिएको बताउनुभयो । “पहिलेपहिले राजा र राजपरिवारका सदस्यको नाममा नामाकरण गरिन्थ्यो । पछिल्लो पटक निकुञ्जमा कार्यरत रहेर हालै निधन हुनुभएका संरक्षण अधिकृत वेदबहादुर खड्काको सम्मानमा नयाँ छावाको नामाकरण गरिएकोे छ”, केन्द्रका प्रमुख चौधरीले भन्नुभयो । लामो समयसम्म निकुञ्जको संरक्षणका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएका खड्काको सम्मानमा केन्द्रमा जन्मिएको छावाको यही साउन ७ गते न्वारन गरेर वेदगज नाम राखिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार हात्तीको छावा जन्मिएको १२औँ दिनमा न्वारन गर्ने प्रचलन छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेशप्रसाद पन्तले वेदबहादुर खड्काले निकुञ्जमा कार्यरत रहँदा धेरै चुनौतीको सामना गर्दै काम गरेकाले उहाँको सम्मानमा छावाको नामाकरण गरिएको बताउनुभयो । उहाँका अनुसार नयाँ नाम राखिएको वेदगज लोकतन्त्रकलीको तेस्रो सन्तान हो । बाइस वर्षीया लोकतन्त्रकलीले आठ वर्षअघि बुधगज र चार वर्षअघि स्वर्णकलीलाई जन्म दिइसकेकी छिन् । तीन वर्षअघि हात्ती चराउने क्रममा बाघले आक्रमण गरेर मरेका हात्ती सुसारे रमेश चौधरीका नाममा रमेशगज, निकुञ्जभित्र तस्करसँगको भिडन्तमा ११ वर्षअघि मारिएका सिनियर गेम स्काउट शेषचन्द्र चौधरीका नाममा शेषचन्द्रगज नामाकरण गरिएको संरक्षण अधिकृत पन्तले जानकारी दिनुभयो । “प्रजनन केन्द्रमा जङ्गली हात्ती नानापाटेघर, ध्रुवे, गोविन्दे, रोनाल्डो, कृष्णेलगायत आएर संसर्ग गर्दछन् । यहाँ जन्मिएका छावाहरू तिनैका सन्तान भएको अनुमान छ”, उहाँले भन्नुभयो ।

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

Read More »

३९ लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

Read More »