दोर्दी गाउँपालिकाले नागरिकको निःशुल्क बिमा गर्ने

लमजुङ, ११ साउन । दोर्दी गाउँपालिकाले जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टीबाट पालिकाभित्रका सबै नागरिकलाई निःशुल्क बिमा गर्न सुरु गरेको छ । दोर्दी गाउँपालिकाले पालिकाको वडा नं ४ नौथर सेरामा आज एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भ गरेको हो । गाउँपालिका अध्यक्ष युवराज अधिकारीले वडा नं १ भारतेका प्रेमबहादुर गुरुङलाई स्वास्थ्य बिमा कार्ड उपलब्ध गराएर बिमाको शुभारम्भ गर्नुभएको हो । पालिका नागरिकको स्वास्थ्यप्रति गम्भीर रहेको र बिमाबाट धेरै स्वास्थ्य सेवा पाउन र नागरिकलाई राहत हुने भएकाले पालिकाभित्र रहेका सबै नागरिकको पालिकाले निःशुल्क बिमा गर्न लागेको र आजदेखि सुरु भएको उहाँको भनाइ छ ।

आज नै वडा नं १ देखि ४ वडासम्म शुभारम्भ कार्य गर्ने र अन्य वडामा क्रमशः गर्दै जाने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष युवराज अधिकारीले दोर्दी गाउँपालिकामै चुलो बाली स्थायी रूपमा बसोबास गरिरहेका सबै घरपरिवारको स्वास्थ्य बिमा गर्ने बताउनुभयो । यसका लागि ‘जलविद्युत्को आम्दानी–स्वास्थ्य बिमामा लगानी’ नाराका साथ बिमा गर्ने कार्यअघि बढेको छ । दोर्दी गाउँपालिकामा हाल पाँच वटा आयोजनाबाट १२६ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । दोर्दी गाउँपालिकाभित्र चार हजार २२५ घरपरिवार रहेको र सबै घरपरिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्न रु एक करोड ५० हजार बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष अधिकारीले बताउनुभयो ।

लमजुङमा विसं २०७७ माघ महिनाबाट स्वास्थ्य बिमा कार्यक्रम लागू भए पनि बिमा नगरेका दोर्दीका स्थानीय लाभान्वित हुने भएका छन् । यस पालिकाभित्र पिपुल हाइड्रोपावर कम्पनीको ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’, हिमालयन पावर पार्टनरको २७ मेगावाट क्षमताको दोर्दीखोला, लिवर्टी इनर्जी लिमिटेडको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’, दोर्दी खोला कम्पनीको १२ दशमलव १ क्षमताको दोर्दी १, छ्याङ्दीखोला हाइड्रोपावर कम्पनीको चार ४ मेगावाट क्षमताको जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरेका छन् ।

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

Read More »

३९ लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

Read More »