‘राष्ट्रको गहना, कार्यकर्ता होइन’ : एमालेले विद्यादेवी भण्डारीलाई राजनीति नफर्कन आग्रह

काठमाडौं, १३ साउन । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा ल्याएर विवादमा पार्नु नहुने स्पष्ट पारेको छ । भण्डारी सक्रिय राजनीतिमा फर्कंदा उनले विगतमा गरेका काम पनि विवादमा पर्नसक्ने भएकोले उनले सम्मानित रुपमा नै बस्नु उचित हुने एमालेले जनाएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले १२ औं अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटीको बैठकका निर्णयलाई थप व्याख्या गर्दै भण्डारीका विषयमा थप विवाद र बहस नगर्न एमालेपंक्तीलाई निर्देशन पनि गरेका छन् । प्रथम राष्ट्रपति रामवरण यादवको भूमिका स्मरण गर्दै एमालेले उक्त दृष्टान्तको अनुशरण गर्न पनि आग्रह गरेको छ । ‘गरिमामय भूमिकामा रहेको राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा पनि र त्यसबाट अवकाश प्राप्त गरिसकेपछि पनि आफ्नो दलीय आबद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना गरेको देखिँदैन । यसो गर्दा राष्ट्रपतिले पदीय जिम्मेवारीमा रहँदा सम्पादन गरेका कामहरू विवादित हुन सक्छन्’ एमालेको अपानिमा भनिएको छ ‘भविष्यको कुनैआश या त्रासमा रहेर कार्यसम्पादन गरियो भने त्यसको विश्वसनीयतामाथि प्रश्न उठ्ने स्थिति उत्पन्न हुन जान्छ भन्ने कुरामा हामी सबै सजग बन्नैपर्छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिले यस सन्दर्भमा स्थापना गर्नुभएको दृष्टान्त यहाँनिर स्मरणीय छ ।’

मुलुकको लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको एमाले लोकतन्त्रका मूल्य र मान्यता जोगाउन सदा प्रतिवद्ध रहेको एमालेको भनाइ छ । भण्डारीलाई समावेशिताको ‘आइकन’को संज्ञा दिँदै पार्टीको उपाध्यक्षमा हुँदा होस वा राष्ट्रपति हुँदा उनको भूमिका नेतृत्वदायी, विवादरहित र उत्कृष्ट भएकोमा एमालेले भण्डारीको उच्च प्रशंसा गरेको छ । भण्डारी राजनीतिमा फर्कंदा उनले पदमा रहँदा गरेको निर्णयहरुको संवैधानिकता र निष्पक्षतामा प्रश्न उठ्न सक्नेतर्फ एमाले सचेत रहेको अपानिमा जनाइएको छ ।

‘केन्द्रीय कमिटी संवैधानिक राष्ट्रपति, उपराष्ट्रपतिजस्ता उच्च संवैधानिक ओहदामा पुगिसकेको व्यक्ति दलीय राजनीतिमा फर्किने विषय संविधानको मर्म अनुकूल नहुने, यसले पदमा बहाल रहँदा गरेका कामहरूको संवैधानिकता र निष्पक्षतामाथि प्रश्न उठ्ने, लोकतान्त्रिक मूल्यहरूलाई कमजोर गर्ने र व्यक्ति स्वयम्को सम्मानित व्यक्तित्वलाई विवादित बनाउने काम गर्नुहुँदैन भन्ने मान्यतामा उभिनुपर्ने हुन्छ’ एमालेको अपानिमा भनिएको छ । उल्लेखित भूमिकाको आधारमा भण्डारीलाई राष्ट्रको गहना र एमालेको पनि गहनाको संज्ञा दिँदै सक्रिय राजनीतिबाट टाढै बस्न एमालेले आग्रह गरेको छ ।

‘सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नुपर्दछ । सक्रिय राजनीतिमा आउनुहुन्न । सिंगै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा (एमाले)ले कार्यकर्ता बनाउनुहुँदैन । अध्यक्ष भए पनि कार्यकर्ता हो । यहाँ आउनुहुँदैन । पूर्व राष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्रको गौरव भएर बस्नुहोस्’ अपानिमार्फत अध्यक्ष ओलीले भनेका छन्, ‘उहाँ राष्ट्रको गहना हो । हाम्रो पनि गहना हो । उहाँको सदस्यता नवीकरणको प्रक्रिया मिलेन, सदर हुँदैन । विधानको धारा ८ अनुसार हुन्छ । ’

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

Read More »

३९ लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

Read More »