बागमती प्रदेशमा ३ जना मन्त्री नियुक्त, आजै शपथ

हेटौंडा, १४ साउन । नेपाली कांग्रेस बागमती संसदीय दलको नेताबाट विश्वास गुमाएका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले तीन जना मन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसका पाँच जना मन्त्रीहरुले राजीनामा दिएको पाँच वटा मन्त्रालयमध्ये तीन मन्त्रालयमा मन्त्री नियुक्त गरेको मुख्यमन्त्री लामाले जानकारी दिए ।

मन्त्री नियुक्त हुनेहरुमा गोविन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालय दिइएको छ भने सांसद माया श्रेष्ठ र गिता गुरुङलाई मन्त्री नियुक्त गरेको तर मन्त्रालय भने तोकिएको छैन । नियुक्त गरिएका मन्त्रीहरुको शपथग्रहण आजै गर्नेगरी तयारी गरिएको छ ।

यता कांग्रेस बागमती प्रदेश संसदीय दलमा नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मुख्यमन्त्री लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि रिक्त भएको दलको नेताको पदका लागि कांग्रेसले मतदानको प्रक्रिया अघि बढाएको हो । कांग्रेस प्रदेश कार्यसम्पादन समितिले दिउँसो २ बजेबाट मतदान प्रक्रिया सञ्चालन गर्ने जनाएको छ ।

हिजो मंगलबारको दल बैठकमा लामाविरुद्ध २२ सांसदले मत दिएका थिए, यो संख्या कांग्रेस संसदीय दलभित्र स्पष्ट बहुमत हो । लामाको पक्षमा १५ सांसद मात्र देखिएका थिए । लामालाई हराउँदै बलियो बनेको यो समूहको नेतृत्व कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गरेका छन् ।

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

Read More »

३९ लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

Read More »