कांग्रेसद्वारा पृथ्वीमान गुरुङलाई उच्च सम्मान

चितवन, १४ साउन। विद्यार्र्थीकालदेखि राजनीतिमा सक्रिय रहनुभएका पृथ्वीमान गुरुङले जब विद्यार्थी कोइरालालाई भेट्नु भयो, त्यसपछि उहाँको राजनीति नेपाली कांग्रेसमा सक्रिय रुपमा अघि बढ्यो । विसं २०३१ मा विद्यार्थी कोइराला पश्चिमाञ्चल क्षेत्रको भ्रमणमा रहँदा भेट्नुभएका गुरुङले कोइरालाकै परामर्शमा चितवन झरेर सक्रिय राजनीतिमा लाग्नुभएको जनाइएको छ । विसं २००६ मा कास्कीमा जन्मिनुभएका गुरुङले एमएसीसम्मको अध्ययन गर्नुभएको थियो । प्राध्यापन समेत गर्नुभएका बौद्धिक व्यक्तित्व गुरुङले प्राध्यापन छोडेर चितवनको राजनीतिमा सक्रिय रुपमा लाग्नुभयो । केही समय अघिसम्म गण्डकी प्रदेशको प्रमुखको रुपमा रहनुभएका गुरुङको यही साउन १० गते चितवनस्थित निवासमा निधन भएको छ ।

राजनीतिक र सामाजिक जीवनमा ठूलो योगदान पु¥याउनुभएका गुरुङको निधनसँगै प्रदेश सरकार र उहाँको पार्टी कांग्रेसले उच्च सम्मान व्यक्त गरेको छ । तीन दिनसम्म जिल्लास्थित पार्टीका कार्यालय बन्द गरेको कांग्रेस चितवनले आज जिल्लाका सबै तहहरुमा शोक पुस्तिका राखेर सम्मान व्यक्त गरेको छ । जिल्ला सभापति राजेश्वर खनालका अनुसार गुरुङ विद्यार्थीको परामर्शमा चितवन आएर प्राध्यापक छोडेर यहाँको सामाजिक परिवर्तन र राजनीतिक काममा सक्रिय हुनुभएको हो । नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको धेरै पटक सदस्य, आठौँ महाधिवेशनदेखि नै महासमिति सदस्य रहनुभएका गुरुङ विसं २०६१ देखि ०६३ सम्म जिल्ला सभापति हुनुभयो । विसं २०४६ मा तत्कालीन जिल्ला सभापति कृष्णलाल सापकोटाको संयोजकत्वमा केन्द्रले गठन गरेको पाँच सदस्यीय जनआन्दोलन समितिमा उहाँ सदस्य हुनुहुन्थ्यो । विसं २०४८ मा चितवन क्षेत्र नं ३ बाट पार्टीको तर्फबाट उम्मेदवार भएर गुरुङ झिनो मतले पराजित हुनुभयो ।

पराजित भए पनि उहाँ जनताको काममा निरन्तर लाग्नुभयो । विद्यार्थी क्यान्सर मेमोरियल अस्पताल, माडीलाई भरतपुरसँग जोड्ने राप्तीमा पुल निर्माण, निकुञ्जभित्रको बस्ती पदमपुर स्थानान्तरण, पूर्वी चितवनको राप्ती तटबन्धनजस्ता जिल्लाका ठूला विकास आयोजनामा उहाँको महत्वपूर्ण भूमिका रहेको खनाल बताउनुहुन्छ । विसं २०४८ पछि गिरिजाप्रसाद कोइराला पटकपटक प्रधानमन्त्री हुँदा यी विकासका आयोजना सम्पन्न भएका हुन् । त्यसो त सो समयमा पश्चिम चितवनको विकासमा गुरुङको योगदान महत्वपूर्ण छ । पश्चिम चितवन मात्रै होइन भरतपुर क्षेत्रमा सञ्चालनमा आएका ठूला दुई मेडिकल कलेज स्थापना गर्न गुरुङले भूमिका निर्वाह गरेको खनालले बताउनुभयो । पार्टीमा रहेर जनताको हितमा काम गरेका कारण पूर्व सभापति गुरुङलाई जिल्ला समितिले उच्च सम्मान दिएर १३ दिनसम्म नै शोकका कार्यक्रम मात्रै गरिरहेको खनाल बताउनुहुन्छ ।

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

Read More »

३९ लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

Read More »