‘स्थानीय तहको नीतिमा समावेशी दृष्टिकोण आवश्यक’

सिरहा, १५ साउन । स्थानीय सरकारको नीति, कार्यक्रम तथा बजेट निर्माणमा सीमान्तकृत समुदायको सहभागिता सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । दलित विकास मञ्च सिरहाले बुधबार यहाँको गोलबजारमा ‘स्थानीय नीतिमा सीमान्तकृत समुदायको प्रतिनिधित्व’ विषयक छलफल आयोजना गरेको थियो । सो छलफलमा गोलबजार नगर प्रमुख श्यामकुमार श्रेष्ठले स्थानीय तहमा नीति निर्माण गर्दा सबै वर्गको आवाज सुन्ने र समेट्ने प्रणाली विकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“सीमान्तकृत समुदायलाई प्रतिनिधित्वविहीन बनाउने प्रवृत्ति अन्त्य गर्न हामीले व्यवहारमै समावेशिता देखाउनुपर्छ । नीति निर्माण गर्दा तथ्य, समावेशिता र न्यायलाई प्राथमिकता दिनुपर्छ ।

हाम्रो नगरपालिका सबै समुदायलाई समेट्ने दिशामा अग्रसर छ ।” वडा नं. १२ का वडाध्यक्ष विशेन्द्र साहले वडास्तरबाटै समावेशी नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । दलित विकास मञ्च सिरहाका सचिव रामचन्द्र महराले दलित समुदायलगायत सीमान्तकृत वर्गको नीति निर्माणमा सहभागिता बढाउने उद्देश्यले छलफल आयोजना गरिएको प्रष्ट पार्नभयो । उहाँले समावेशीता नीतिमा मात्र होइन, कार्यान्वयन पनि गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरि ‘दलित लाइभ्स म्याटर’ कार्यक्रमका संयोजक वृद्धिका सेन्चुरीले समाजमा पछाडि पारिएका समुदायलाई अगाडि ल्याउन नीतिगत तहमा उनीहरूको उपस्थिति अनिवार्य रहेको धारणा राख्नुभयो ।

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

Read More »

३९ लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

Read More »