आधारभूत मानव अधिकारका रुपमा खाद्य अधिकार सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध : कृषिमन्त्री अधिकारी

काठमाडौँ, १५ साउन । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कल्याणकारी राज्यका रुपमा आधारभूत मानव अधिकारका रुपमा खाद्य अधिकार सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । इथोपियाको अदिस अबाबामा यही साउन ११ देखि १३ (जुलाई २७ देखि २९) सम्म सञ्चालन भएको संयुक्त राष्ट्र सङ्घ खाद्य प्रणाली रुपान्तरण स्टेक टेक समिट (युनएनएफएसएस+४) को उद्घाटन सत्र र मिनिस्टिरियल राउन्डटेबलमा सम्बोधन गर्नुहुँदै उहाँले खाद्य अधिकारलाई नेपालको संविधानमा मौलिक हकका रुपमा व्यवस्था गरिनाका साथै सोको कार्यान्वयनका लागि खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन तथा नियमावली जारी गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो एक कानुनी प्रबन्ध मात्र नभई एउटा राजनीतिक र नैतिक जिम्मेवारी पनि हुनाका साथै यसले राष्ट्रिय प्रयासलाई पनि दिशानिर्देश गर्ने छ । ”

मन्त्री अधिकारीले भूपरिवेष्टित, जलवायुजन्य जोखिमता तथा जोखिमयुक्त कमजोर पहाडी भूधरातल, बिग्रँदो पारिस्थितिक प्रणाली, जैविक विविधता ह्रास र बढ्दो खाद्य तथा कृषि आयात तथा अस्वस्थकर खानाको बढ्दो उपभोगलगायत कारणले सिर्जना गरेको चुनौतीको सामना गर्न नेपालजस्तो सानो अर्थतन्त्रले स्थानीय खाद्य प्रणालीको विकास र सबलीकरण गर्नु अत्यावश्यक रहेकामा जोड दिनुभयो । स्थानीय खाद्य प्रणालीको विकास तथा सबलीकरणको प्रयासअन्तर्गत सरकारले स्थानीय कृषक समुदाय एवं महिला तथा युवा वर्गका लागि सहयोग र सशक्तिकरण गर्न सरकारले गरेका विभिन्न पहलबारे चर्चा गर्दै उहाँले पोषणयुक्त स्थानीय तथा रैथाने बालीको उत्पादन र मूल्य शृङ्खला विकासलाई प्राथमिकता दिइएको बताउनुभयो ।

यस क्रममा विद्यालय दिवा खाजामा स्थानीय उत्पादनको प्रयोग गर्ने अभियान चलाइएको र यसले स्कुले विद्यार्थीको कुपोषण कम गरी शिक्षण सिकाइमा सकारात्मक प्रभाव पर्नाका साथै ग्रामीण अर्थतन्त्रमा टेवा पु¥याउनाका साथै उत्थानशील स्थानीय खाद्य प्रणाली विकासमा समेत सहयोग पुगेको मन्त्री अधिकारीले उल्लेख गर्नुभयो । यसैगरी, उहाँले पर्यावरणीय कृषि, प्राङ्गारिक कृषि, जलवायु मैत्री कृषि एवं कृषि जैविक विविधता संरक्षण, कृषि वन प्रणालीलगायत दिगो तथा उत्थानशील कृषिका विभिन्न अभ्यासको प्रवद्र्धन गरिएको पनि जानकारी गराउनुभयो । निम्न आय भएको मुलुकका रुपमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार तथा जलवायु परिवर्तनलगायत कारणले खाद्य उत्पादन तथा समग्र खाद्य प्रणालीमा देखापरेका चुनौतीको सम्बोधन गर्न वर्तमान खाद्य प्रणालीलाई रुपान्तरण गरी दिगो, उत्थानशील र समावेशी बनाउन नेपालको वित्तीय एवं संस्थागत क्षमता कमजोर रहेकाले यस दिशामा अन्तरराष्ट्रियजगत्को सहयोगका लागि मन्त्री अधिकारीले आह्वान पनि गर्नुभयो ।

हामी बिग्रिएको दोष मैले लिनुपर्छ, सबै मिलेर मलाई हटाइदिनूस्: प्रचण्ड

काठमाडौँ : प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका

Read More »

डोल्पा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिका-०४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब

Read More »

राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी

काठमाडौँ । सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले नेपाल राष्ट्र बैंकले ‘मौद्रिक नीति समिति’ (एमपीसी) को अवधारणा प्रभावकारी कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड

Read More »

विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : माधव नेपाल

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीको उपत्यका प्रदेश

Read More »

दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी

काठमाडौँ। आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेल आइतबार अमेरिका जाँदै छन्। दुवै जना अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

Read More »

३९ लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

Read More »