संखुवासभा, साउन १५ — ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का बिहीबार गृह जिल्ला संखुवासभा पुगेका छन्।
मन्त्री खड्का सिलिचोङ गाउँपालिका–१ र २ लाई जोड्ने सिसुवाखोला मोटरेबल पुलको अवलोकन तथा उद्घाटन कार्यक्रममा सहभागी हुन संखुवासभा पुगेका हुन्।

नेपाली कांग्रेसबाट राजनीतिमा सक्रिय रहँदै सामाजिक क्षेत्रमा पनि योगदान दिँदै आएका मन्त्री खड्का जिल्लामा दूरदर्शी र विकासमुखी नेताका रूपमा परिचित छन्।
पुल निर्माण योजना अगाडि बढाउन मन्त्री खड्काको विशेष पहल रहेको स्थानीयवासीहरूले बताएका छन्। यही योगदानको कदर स्वरूप उनलाई उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरिएको हो।











